ताल सम्पन्न नहुदै पर्यटकको घुइँचो

सर्लाही । बागमती नगरपालिकामा निर्माणाधीन बागमती माछा पोखरीमा आन्तरीक पर्यटकको घुइँचो लागेको छ । संघीय भूउपयोग नीतिअनुसार खेर गएको बागतमी नदीको जमिनलाई आन्तरिक आयसँग जोडेर २०७५ सालबाट निर्माण सुरु भएको तालमा आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको ताल व्यवस्थापन समितिले जनाएको छ । मानव निर्मित तालमा निर्माणकै चरणमा ३१ साना र एउटा ठूलो डुङ्गा सञ्चालनमा रहेको […]

सम्बन्धित सामग्री

पर्यटन प्रर्वद्धन गर्न चितवनको माडीमा ‘स्काई चियर’ सञ्चालन

चितवन । माडीको लक्ष्मीनिवासस्थित ‘पुष्प–मदन स्मृति वनवाटिका’मा स्काई चियर (आकासे कुर्सी) सञ्चालनमा आएको छ । चितवनकै पहिलो सो आकासे कुर्सीको माडी नगरपालिकाका नगरप्रमुख ताराकुमारी काजी महतो र नगर उपप्रमुख खेमप्रसाद महतोले बिहीवार संयुक्तरूपमा उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै मेयर महतोले माडी नगरपालिकाले ‘माडी पर्यटन वर्ष’सहित पर्यटकीयस्थलको प्रवद्र्धनमा जोड दिइन् । आर्थिक वर्ष (आव) २०८०÷८१ को नीति तथा कार्यक्रममा समेत यो विषय प्राथमिकतामा राखेको उनको भनाइ छ । आगामी आवमा ‘एक वडा एक पर्यटकीय गन्तव्य’ पहिचान तथा विकास कार्यक्रम सञ्चालन गर्ने, ‘एक वडा एक विशेषता’सहितको होमस्टे सञ्चालन तथा प्रवद्र्धन कार्यक्रम गर्ने, सिमरा गाउँलाई थारु संस्कृति झल्कने गरी थारुग्राम विशेष पर्यटकीय क्षेत्र घोषणा गर्ने मेयर महतोले बताइन् । वाटिकामा विशेषगरी, शनिवार र बिदाका दिन पिकनिक तथा घुमफिर गर्न जानेको चहलपहल हुन्छ । वाटिका घुम्नका लागि आन्तरिक र बाह्य पर्यटक उल्लेख्य रूपमा आएर मनमोहक वातावरणमा रमाउने गरेको पुष्प–मदन स्मृति वाटिका व्यवस्थापन समितिका अध्यक्ष श्याम विष्टले जानकारी दिए । अहिले वाटिकामा टावर, पिङ, बाल उद्यान, वनभोज स्थल, गोलघर, सभाहल निर्माणको कार्य सम्पन्न भइसकेको र पारिवारिक पिकनिक स्पट, बाल उद्यान, खोज अनुसन्धान कक्ष, जीवजन्तुको उद्धार तथा पुनस्र्थापना केन्द्र लगायत निर्माणाधिन रहेको अध्यक्ष विष्टको भनाइ छ । माडी–६, कल्याणपुरमा अवस्थित रेवा मध्यवर्ती सामुदायिक वनमा रहेको यस वाटिकासँगै रहेको भ्यू–टावर, संग्रहालय, बाल उद्यान, वनभोजस्थल रहेकोले बिदा मनाउन र वनभोज तथा घुमफिरका लागि आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको नगर उपप्रमुख खेमप्रसाद महतोले बताए । यस वाटिका रहेको भ्यू–टावरबाट माडी उपत्यकाका विभिन्न ठाउँहरुको सुन्दर दृश्य देख्न सकिन्छ । पछिल्लो समय पुष्प–मदन वाटिकामा जंगली जनावर बाघ, गैँडा, हरिण, मयूरका मूर्ति राखेपछि थप यस ठाउँको सुन्दरता बढेको उनको भनाइ छ। वाटिका क्षेत्रभित्र, भ्यू–टावरसँगै रहेको घुम्ने (रोटेटिङ) मोडेलको सो स्काई चियर माडी नगरपालिकाको सहयोगमा निर्माण भएको हो । साहसिक खेलका रूपमा लिइने स्काई चियर सञ्चालनमा आएसँगै वनवाटिकामा पर्यटकको आकर्षण बढेको छ ।  माडीको वाल्मीकि आश्रम क्षेत्र, अयोध्याधाम, सोमेश्वरगढी, वैकुण्ठधाम क्षेत्र, गोद्धक क्षेत्र, शनिमन्दिर, वैकुण्ठे ताल, रेवा त्रिवेणीलगायतका ऐतिहासिक धार्मिक एवं सांस्कृतिक पर्यटकीयस्थलको विस्तृत परियोजना प्रतिवेदन निर्माण गरी एकीकृत विकासका लागि विशेष पहल गरिने नगरप्रमुख महतोले बताइन् ।

मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो

२८ फागुन, मुस्ताङ। वसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हुँदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, ठिनी, लेतेलगायत ठाउँमा पर्यटकको घुइँचो लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख अशोक सुवेदीले आन्तरिक […]

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ । आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा भएको हिमपातले यहाँको दृश्य निकै मनमोहन बनेको छ । त्यहाँ पुगेर हिउँ खेल्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । चिसोको प्रवाह नगरी रारा जाने क्रम जारी […]

अंग्रेजी नयाँ वर्षको अवसरमा भरत तालमा पर्यटकको घुइँचो

अंग्रेजी नयाँ वर्ष अर्थात १ जनवरीको अवसरमा सर्लाहीको बागमती नगरपालिकास्थित भरत ताल पर्यटकले भरिभराउ भएको छ। आइतबार अंग्रेजी नयाँ वर्ष मनाउन आएका बाह्य तथा आन्तरिक पर्यटकले भरत ताल क्षेत्र भरिभराउ...

मुस्ताङ, तिलिचो र गोक्योमा आन्तरिक पर्यटकको घुइँचो

काठमाडौँ : कोभिड महामारीले थला परेको पर्यटन क्षेत्र विस्तारै तंग्रिएको छ । पछिल्लो एक वर्षमा नेपालमा स्वदेशी तथा विदेशी पर्यटक भरिभराउ हुन थालेका छन् । खासगरि दसैँ तिहारपछिको चिसिँदो मौसममा हिमाली जिल्लाका पर्यटकीय क्षेत्रमा पर्यटकको ओइरो लागेको छ । जसको ज्वलन्त उदाहरण हो, मुस्ताङ, मनाङदेखि रसुवा र सोलुखुम्बु । खासगरि उच्च हिमाली भेगमा रहेका ताल […]

भरत ताल हेर्न आन्तरिक पर्यटकको घुइँचो

सर्लाही । यहाँस्थित मानव निर्मित भरत तालमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ। पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिण वाग्मती नगरपालिका–१२ मा निर्माण गरिएको १२१ विघा क्षेत्रफलका तालमा हालसम्म रु ६० करोड खर्च भइसकेको नगरपालिकाले जनाएको छ।

आकाशभरि हेली देखिन्छन्, पीडितलाई छैन राहत

२४ साउन, असार । जेठको अन्तिमसम्म मनाङको तालगाउँको रौनक छुट्टै थियो । कञ्चन मस्र्याङ्दी नदी किनारको सुन्दर बस्ती । त्यसमाथि छङ्छङी बगेको झरना । हिमाली जिल्लाको तल्लो भेग यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्थ्यो । तर, असार १ गतेदेखि ताल गाउँको परिचय फेरिएको छ । मनसुनको सुरुवातकै अविरल वर्षाले मस्र्याङ्दी उर्लियो । बस्तीमा मर्स्याङ्दी […]

कोरोनाले खायो राराको राजस्व

नेपालको प्रमुख पर्यटकीय स्थलमध्ये राराताल पनि एक हो । कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने यो ताल आजभोलि पर्यटकको आवागमन न्यून छ । आजभोलि रारा तालमा फाटफुटमा घुम्न आउने गरेका छन । विगतका दिनहरूमा यति बेला रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गथ्र्यो । राराको सौन्दर्य मात्र नभई राजस्व संकलनमा पनि उत्तिकै फड्को माथ्र्यो । यस वर्ष विश्व महामारीका रूपमा फैलिरहेको नोवेल कोरोना भाइरस कोभिड–१९ ले गर्दा रारामा उठ्ने राजस्व भने यस वर्ष कोरोनाले खाएको छ ।

पिकनिक जाने गज्जवको गन्तव्‍य बन्यो बुलबुलेताल

सुर्खेत : सुर्खेतको बुलबुले तालमा पर्यटकको घुइँचो लाग्ने गरेको छ। पछिल्लो समय वीरेन्द्रनगरमा रहेको बुलबुले तालमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो नै लाग्ने गरेको हो। सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले ताल ‘पिकनिक स्थलका रुपमा सजिलो पनि नजिकको पनि अनि गजबको गन्तव्य बनेको छ। अन्य समयमा सामान्य चहलपहल हुने बुलबुल...

नासिँदै जैविक विविधता, हराउँदै छन् चरा

कपिलवस्तुको जगदीशपुर ताल आगन्तुक चराको प्रमुख आकर्षक गन्तव्य हो। यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गीको ताँती नै देखिन्थ्यो। हिउँदे जाडो छल्न आएका चराले तालआसपासको क्षेत्र रमाइलो र मनमोहक देखिन्थ्यो। चराचुरुङ्गीको क्रियाकलाप हेर्न स्थानीय पर्यटकको घुइँचो नै लाग्ने गर्दथ्यो तर अहिले जगदीशपुर तालमा त्यस्तो अवस्था विरलै देख्न पाइन्छ। यहाँ कङ्क्रिटको संरचना निर्माण भएसँगै आगन्तुक चराको सङ्ख्या बर्सेनि घट्दै गएको छ।