मधेस प्रदेशको राजधानी जनकपुरधाममा रहेको आयुर्वेद औषधालयमा उपचारका लागि आउने बिरामीको संख्यामा वृद्धि हुँदै गएको गएको छ । आयुर्वेदप्रतिको विश्वास बढ्दै जानु र औषधालयको स्तरोन्नति हुनुजस्ता कारणले सेवा लिन आउने सेवाग्राहीको संख्यामा वृद्धि भएको हो । विगत भन्दा अहिले आएर आयुर्वेद तर्फ सर्वसाधारणको रुची बढ्न थालेको छ ।जनकपुर आयुर्वेद औषधालयमा ५ वर्ष अघिसम्म दैनिक करिब दुई दर्जन जति बिरामी उपचार सेवाका लागि आउने गर्थे । तर आजभोलि दैनिक २ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको जनाइएको छ ।औषधालयमा