हुम्लाका विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन

सिमकोट– हुम्लाका चार वटा विद्यालयमा विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षाका बारेमा जानकारी दिइएको छ। आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाले जिल्लामा यो उपचार विधिप्रति आकर्षण बढ्दै गएको बेला विद्यालयमा अध्यनरत विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा दिएको हो। केन्द्रका प्रमुख कृष्ण चन्द्र जोशीले दुई वटा गाउँपालिकाका चार वटा विद्यालयमा पुगेर आयुर्वेद तथा योग शिक्षाको बारेमा जानकारी दिइएको बताए। […]