पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति बाँकेका स्थानीय बासिन्दाको आकर्षण बढ्दै गएपछि जिल्लाका ग्रामीण क्षेत्रमा पहिलो पटक आयुर्वेद थेरापी सेवा सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशमा आयुर्वेद उपचार सेवाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । प्रदेशस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयसहित सबै जिल्लामा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक प्रतिवेदनले आयुर्वेदिक उपचार सेवाप्रति आकर्षण बढ्दै गएको देखाएको हो । दीर्घरोगी, ज्येष्ठ नागरिकले आयुर्वेदिक उपचार पद्धतिलाई रुचाउने गरेको जनाइएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका अनुसार सो चिकित्सालयबाट आर्थिक वर्ष २०७९/८० मा छ हजार ७४४ जनाले सेवा लिएका छन् । तीन हजार ६३२ जनाले एकाङ्ग संवेदन, १४ जनाले सर्वाङ्ग संवेदन, १५६ जना शिरोधारा तथा अन्य र दुई हजार ९४२ जनाले अभयङ्ग सेवा लिएको चिकित्सालयका निमित्त सुपरिन्टेन्डेन्ट डा. सूर्य उपाध्यायले जानकारी दिनुभयो ।
आयुर्वेद उपचार पद्धतितर्फ आक्रषण बढ्दै गएपनि सेवा प्रभावकारी बनाउन जनशक्ति, उपकरण र औषधिको अभाव हुने गरेको सम्बन्धित क्षेत्रका स्वास्थ्यकर्मीले बताएका छन्।
लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलले आइतबार बुटवलमा गरेको जिल्ला स्तरिय वार्षिक...