बैतडी : जिल्ला अस्पताल बैतडीमा पहिलोपटक ९ जना डाक्टरले सेवा दिन थालेका छन्। दरबन्दीका चिकित्सकको समेत अभाव झेलिरहने जिल्ला अस्पतालमा पछिल्लो समय भने २ जना विशेषज्ञसहित ९ जना डाक्टरले सेवा दिन थालेका हुन्।जिल्ला अस्पताल बैतडीमा पहिलो पटक २ जना विशेषज्ञसहित ९ जना डाक्टरले सेवा दिइरहेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए। छात्रवृत्ति करारसहितका ९ जना चिकित्सकले अहिले जिल्ला अस्पतालमा सेवा दिइरहेका हुन्।अस्पताल स्थापना भएको विसं २०३३ यता पहिलो पटक विशेषज्ञसहित ९ जना चिकित्