कर्णाली प्रदेश अस्पतालमा आँखा उपचार सेवा सुरु

सुर्खेत - कर्णाली प्रदेशमा आँखा उपचार सेवा सुरु गरिएको छ । प्रदेश अस्पतालका अनुसार आजदेखि आँखा उपचार सेवा सुरु गरिएको हो । आँखा उपचार सेवा सुरु गरेसँगै अस्पतालमा उपचार गर्न आएका बिरामीहरुलाई सामान्य आँखा उपचारका लागि बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।  अस्पतालका निर्देशक डा. डम्मर खड्काले आँखा रोगको विभाग सुरुवात गरेर उपचार सुरु गरिएको जानकारी दिनुभयो । बिरामीहरुको आँखाको उपचारका लागि छुट्टै बाहिर पठाउनुपर्ने बाध्यता रहे पनि अबदेखि समान्य उपचार यही गर्न सकिने उहाँको भनाइ छ । अहिल...

सम्बन्धित सामग्री

कर्णाली प्रदेश अस्पतालमा आँखा उपचार सेवा विस्तार

कर्णाली प्रदेश अस्पतालमा अबदेखि आँखाको उपचार पनि हुने भएको छ। आइतबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आँखा उपचार सेवाको शुभारम्भ गरेका छन् । सेवा विस्तारसँगै अस्पतालमा उपचार गर्न आएका बिरामीहरुको सामान्य आँखा उपचारका लागि बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार अस्पतालमा आँखा उपचार सेवाका लागि दुई जना आँखा रोग विशेषज्ञ डाक्टरसहित तीन जनाको टिम रहेको छ । बाहिर बिरामीलाई पठाउँदा दुःख हुने गरेको थियो । खड्का भन्छन्,‘ अस्पतालमै भर्ना भएका बिरामीहरु

कर्णाली प्रदेश अस्पतालबाट आँखा उपचार सेवा सुरु

सुर्खेत । कर्णाली प्रदेश अस्पतालबाट आँखा उपचार सेवा सुरु भएको छ । अस्पतालले आज मुख्यमन्त्री जीवनबहादुर शाहीको आँखा जाँच गर्दै उपचार सेवा सुरु गरेको हो । प्रदेश अस्पतालका निर्देशक प्राध्यापक डा. डम्बर खड्काले २० लाखको लागतमा आँखा विभाग स्थापना गरी उपचार सेवा सुरु गरिएको बताए । विगतमा आँखाका विरामीहरुलाई बाहिर पठाउनुपर्ने बाध्यता रहेकोमा अब प्रदेश […]

स्थानीय तहमा आँखा उपचार सेवा

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले मानव संसारलाई ज्योति प्रदान गर्ने आँखाको स्वास्थ्य उपचार सेवालाई दिगो एवं प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभएको छ। कर्णाली प्रदेशस्तरीय आँखा स्वास्थ्य कार्यशाला गोष्ठीको वीरेन्द्रनगरमा समापनमा उहाँले सो आवश्यकता आैँल्याउनुभएको हो। मन्त्री पोखरेलले सीमित साधन स्रोतलाई परिचालनमा ल्याएर सबै स्थानीय तहमा आँखा उपचार सेवा प्रवाह गर्ने नीति अख्तियार गर्ने उल्लेख बताउनुभयो।