१० करोड डलर चोरी भएपनि बँगलादेशको बैंकबाट संयोगले एक अर्ब डलर बचेको खुल्यो

एजेन्सी, ७ असार । बँगलादेशको बैंकबाट झण्डै एक अर्ब डलर चोरी भएको खुलेको छ । चोरहरु अलिकतिले मात्र रोकिए । उत्तर कोरियाका ह्याकरहरुले बँगलादेशको राष्ट्रिय बैंकबाट एक अर्ब डलर चोर्ने योजना बनाएका थिए । उनीहरु सफल हुन गइरहेका थिए । तर, अलिकतिले गर्दा मात्र रोक्किएको खुलेको छ । बीबीसीले जिअफ ह्वाइट र जीन एच लीको […]

सम्बन्धित सामग्री

सुडानमा युद्ध प्रभावितको सहयोगका लागि चार अर्ब डलर आवश्यक पर्ने

संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त सुडानमा रहेका र शरणार्थीका रूपमा विस्थापित नागरिकका लागि अति आवश्यक सहयोग उपलब्ध गराउन चार अर्ब १० करोड अमेरिकी डलर माग गरेको छ ।

पाकिस्तानले साउदी अरबबाट पायो ८ अर्ब डलर वित्तीय सहायता

जेद्दाह (साउदी अरब) । साउदी अरबले विदेशी विनिमय सञ्चिति अभावबाट गुज्रिरहेको पाकिस्तानलाई ८ अर्ब डलर आर्थिक सहयोग गर्ने भएको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफको साउदी अरबको भ्रमणका क्रममा दुई पक्षबीच पाकिस्तानलाई उक्त सहयोग गर्नबारे सहमति भएको हो ।  पछिल्लो समय विदेशी विनिमय सञ्चिति घट्दै गइरहेको पाकिस्तानलाई यो सहयोगले राम्रै टेवा दिने अपेक्षा गरिएको छ । आकाशिएको महँगी, घट्दै गइरहेको विदेशी विनिमय सञ्चिति, फारकिलो बन्दै गइरहेको चालु खाता घाटा र पाकिस्तानी रुपयाँको तीव्र अवमूल्यन आदि पछिल्लो समय पाकिस्तानले सामना गरेको मुख्य आर्थिक चुनौतीहरु हुन् ।   साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँगको भेटका क्रममा दुई पक्षबीच वित्तीय प्याकेजमा तेल खरिद सुविधाको रकम दोब्बर बनाउने, निक्षेप वा सुकुकमार्फत अतिरिक्त नगद उपलबध गराउने र विद्यमान ४ अर्ब २० करोड डलरको कर्जा सुविधा विस्तार गर्नेलगायत विविध विषयमा सहमति भएको छ ।  शरिफ समेतको टोली पाकिस्तान फर्किसकेको भएपनि अर्थमन्त्री मिफताह इस्माली भने वित्तीय प्याकेजको मोडालिटीबारे अन्तिम निर्णय गर्नका लागि साउदीमै छन् । वित्तीय सहयोगको प्राविधिक विवरणहरुमा काम भइरहेको र सबै कागजपत्रहरु तयार हुन केही हप्ता लाग्ने यस मामिलाबारे जानकार शीर्ष अधिकारीहरुको भनाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले समाचार छापेका छन् ।  साउदी अरब भ्रमणका क्रममा शरिफले हाल १ अर्ब २० करोड डलर रहेको तेल सुविधा २ अर्ब ४० करोड डलरमा पुर्याउन प्रस्ताव गरेको थियो । यसमा साउदी अरबले सहमति जनाएको छ । यसबाहेक पनि विद्यमान ३ अर्ब डलरको निक्षेपको म्याद थपेर सन् २०२३ को जुनसम्म विस्तार गर्नेबारे पनि सहमति भएको छ ।  दुई पक्षबीच निक्षेप वा सुकुकमार्फत २ अर्ब डलरको अतिरिक्त प्याकेज उपलब्ध गराउनेबारे पनि छलफल भएको छ । साउदी अरबले सन् २०२१ को डिसेम्बरमा स्टेट बैंक अफ पाकिस्तानलाई ३ अर्ब डलर बराबरको निक्षेप उपलब्ध गराएको थियो । मार्च यता तेल सहुलियत सञ्चालनमा आरहेको छ । यसमार्फत साउदीले पाकिस्तानलाई तेल खरीदका लागि १० करोड डलर दिइसकेको छ ।  सन् २०१३ देखि सन् २०१८ को बीचमा मात्रै साउदीले पाकिस्तानलाई साढे ७ अर्ब डलर बराबरको आर्थिक प्याकेज उपलब्ध गराएको थियो । अर्थतन्त्र डगमगाउन लागेको बेलामा होस् वा भुक्तानी सन्तुलन संकटमा परेको समय होस् साउदीले पाकिस्तानलाई बेला बेलामा आर्थिक सहायता दिँदै आएको छ । प्रधानमन्त्री इमरान खानको पालामा पनि साउदीले पाकिस्तानर्ला ४ अर्ब २० करोड डलरको सहायता प्याकेज उपलब्ध गराएको थियो ।  गएको ६ देखि ७ हप्ताको बीचमा पाकिस्तानको विदेशी विनिमय सञ्चिति ६ अर्ब डलरले घटेर साढे १० अर्ब डलरमा झरेको छ । ऋणको सावाँ ब्याज भुक्तानीको म्यादहरु नजिकिँदै गर्दा विदेशी विनिमय सञ्चिति घट्न नदिन पाकिस्तानलाई सन् २०२२ को जुनसम्ममा ९ देखि १२ अर्ब डलर बराबरको वित्तीय सहायताको खाँचो छ । एजेन्सी

पाकिस्तानलाई साउदी अरबको सहयोग : खातामा ३ अर्ब डलर राखिदिने, उधारोमा तेल

खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको पाकिस्तानको सहयोगका लागि साउदी अरब अगाडी आएको छ। दुवैदेश भएको सम्झौताअनुसार पाकिस्तानको स्टेट बैंकमा साउदीले एक बर्षको लागि तीन अर्ब डलर राख्ने र त्यसका लागि पाकिस्तानले बार्षिक ४ प्रतिशतका दरले ब्याज तिर्ने अखबार जंग पत्रिकाले जनाएको छ। यसको साथसाथै साउदी अरबले पाकिस्तानलाई हरेक महिना १० करोड डलरको तेल उधारो दिनेछ भने पाकिस्तानले उक्त तेल लिए बापत ३।८ प्रतिशत ब्याज दिनेछ। दुवै देश भएको यस सम्झौतालाई पाकिस्तानको मन्त्रिपरिषदले स्वीकृति दिएको छ। पाकिस्तानको केन्द्रिय बैंकलाई उद्र्त गर्दै पाकिस्तानका मिडियाहरुले लेखेअनुसार १९ नोभेम्बर सकिएको एक हप्तासम्म पाकिस्तानमा मात्रै २२ अर्ब ७० करोड डलर बिदेशी मुद्रा संचिति थियो। त्यस्तै पाकिस्तानको स्टेट बैंकमा १६ अर्ब डलर बिदेसी मुद्रा संचिति थियो भने अन्य बैंकहरुमा करिब ६ अर्ब डलर बिदेशी मुद्रा संचित छ। बिदेशी ऋण भुक्तानी गर्दा पाकिस्तानको बिदेशी मुद्रा संचितिमा यस हप्ता केहि कम देखिएको थियो। वित्तीय मामिलामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानका सल्लाहकारका प्रवक्ता मुजम्मिल असलमका अनुसार अबका दुई महिनामा पाकिस्तानलाई तीन विदेशी स्रोतबाट करिब ७ अर्ब डलर मिल्ने सम्भावना रहेको छ। सात अर्ब प्राप्त भएपश्चात पाकिस्तानलाई आयातित बस्तुको बिल भरपाईमा जुन दबाब छ त्यसलाई कम गर्नलाई धेरै सहयोग मिल्नेछ।

टेस्लाको त्रैमासिक मुनाफा पहिलो पटक १ अर्ब डलरमाथि

साउन १२, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले पहिलो पटक एकै त्रैमासमा एक अर्ब डलरभन्दा धेरै मुनाफा कमाएको छ  ।   चिप अभाव र बन्दरगाहमा जाम भएर कम्पनीको उत्पादन प्रभावित भएको भएपनि त्रैमासिक मुनाफा बढेको तथ्यांक सार्वजनिक भएको छ । जुन महीनामा सकिएको त्रैमासमा टेस्लाको विक्री १२ अर्ब डलर रहेको छ । गत वर्षको सोही अवधिमा यो ६ अर्ब डलर थियो । समीक्षा अवधिमा कम्पनीले २ लाख थान कार डेलिभर गरेको छ । अप्रिल–जुन त्रैमासमा कम्पनीले १ अर्ब १० करोड डलर मुनाफा कमाएको छ ।  मुनाफाको यो आकार गत वर्षको सोही अवधिमा १० करोड ४० लाख रहेको थियो । सस्तो खालको मोडल थ्री र मोडल वाईको विक्रीमा भएको वृद्धि कारण समीक्षा अवधिमा कम्पनीको मुनाफा बढेको हो । कम्पनीको त्रैमासिक मुनाफा १ अर्ब डलरमाथि पुगेको यो पहिलो पटक हो । एजेन्सी

आईटीमा चीनको वार्षिक खर्च तीन खर्ब ४६ अर्ब डलर

एजेन्सी। सूचना प्रविधि (आईटी)क्षेत्रमा चीनको वार्षिक खर्च (२०२१मा) तीन खर्ब ४६ अर्ब १० करोड अमेरिकी डलर पुगेको औद्योगिक रिपोर्टमा उल्लेख छ। अघिल्लो वर्षको तुलनामा यो १० प्रतिशत बढी हो। कोरोना प्रकोपका कारण इन्टरनेट क्षेत्रमा खर्च बढेको रिपोर्टमा बताइएको छ। चीनले टेलिमेडिकेयर र टेलिशिक्षाको विकासलाई बढावा दिँदै गएको छ। आगामी वर्षमा आईटी विकास खर्च बृद्धि गर्ने चीनको योजना छ।

आईटीमा चीनको वार्षिक खर्च तीन खर्ब ४६ अर्ब डलर

एजेन्सी। सूचना प्रविधि (आईटी)क्षेत्रमा चीनको वार्षिक खर्च (२०२१मा) तीन खर्ब ४६ अर्ब १० करोड अमेरिकी डलर पुगेको औद्योगिक रिपोर्टमा उल्लेख छ। अघिल्लो वर्षको तुलनामा यो १० प्रतिशत बढी हो। कोरोना प्रकोपका कारण इन्टरनेट क्षेत्रमा खर्च बढेको रिपोर्टमा बताइएको छ। चीनले टेलिमेडिकेयर र टेलिशिक्षाको विकासलाई बढावा दिँदै गएको छ। आगामी वर्षमा आईटी विकास खर्च बृद्धि गर्ने चीनको योजना छ।

फेसबुकको ३ महिनाको कमाई साढे १३ अर्ब डलर

सन् २०१८ को तेश्रो त्रैमासिकमा फेसबुक कम्पनीले १३ अर्ब ५० करोड डलर राजश्व संकलन गरेको छ । जसबाट उक्त अवधिमा फेसबुकले खूद ५ अर्ब १० करोड डलर आम्दानी गरेको छ । सेप्टेम्बर ३० मा सकिएको तेश्रो …

उत्तर कोरियाले ह्याकिङमार्फत १० करोड डलर चोरी गरेको दाबी

एजेन्सी । उत्तर कोरियाले साइबर हमला मार्फत विभिन्न अन्तर्राष्ट्रिय बैंकहरुबाट १ अर्ब डलर भन्दा बढी रकम चोर्ने