टेस्लाको त्रैमासिक मुनाफा पहिलो पटक १ अर्ब डलरमाथि

साउन १२, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले पहिलो पटक एकै त्रैमासमा एक अर्ब डलरभन्दा धेरै मुनाफा कमाएको छ  ।   चिप अभाव र बन्दरगाहमा जाम भएर कम्पनीको उत्पादन प्रभावित भएको भएपनि त्रैमासिक मुनाफा बढेको तथ्यांक सार्वजनिक भएको छ । जुन महीनामा सकिएको त्रैमासमा टेस्लाको विक्री १२ अर्ब डलर रहेको छ । गत वर्षको सोही अवधिमा यो ६ अर्ब डलर थियो । समीक्षा अवधिमा कम्पनीले २ लाख थान कार डेलिभर गरेको छ । अप्रिल–जुन त्रैमासमा कम्पनीले १ अर्ब १० करोड डलर मुनाफा कमाएको छ ।  मुनाफाको यो आकार गत वर्षको सोही अवधिमा १० करोड ४० लाख रहेको थियो । सस्तो खालको मोडल थ्री र मोडल वाईको विक्रीमा भएको वृद्धि कारण समीक्षा अवधिमा कम्पनीको मुनाफा बढेको हो । कम्पनीको त्रैमासिक मुनाफा १ अर्ब डलरमाथि पुगेको यो पहिलो पटक हो । एजेन्सी   

सम्बन्धित सामग्री

लक्ष्मी बैंकको खुद मुनाफा १ अर्ब ५१ करोड

लक्ष्मी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । हिजो बुधबार सम्पन्न बैंकको २२औँ साधारणसभामा उक्त जानकारी दिइएको हो ।

लक्ष्मी बैंकले आर्जन गर्‍याे १ अर्ब ५१ करोड खुद मुनाफा

काठमाडाैँ – लक्ष्मी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५१ करोड रुपाैयाँ खुद मुनाफा आर्जन गरेकाे छ। बैंककाे आज बिहीबार काठमाडौँमा सम्पन्न बाइसौँ वार्षिक साधारणसभाले उक्त खुद नाफा आर्जन गरेकाे जानकारी गराएकाे हाे। साथै, साधारण सभाले आर्थिक वर्ष २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल […]

सिभिल बैंकको नाफा १६२ प्रतिशतले बढ्यो

सिभिल बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३८ करोड ४६ लाख ८५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

४४ प्रतिशतले बढ्यो थोक कर्जा प्रदायक लघुवित्तको मुनाफा

थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तेस्रो त्रयमासको तुलनामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा यस्ता लघुवित्त वित्तीय संस्थाहरुले रु. १ अर्ब २२ करोड खुद मुनाफा गरेका छन् जुन अघिल्लो आर्थिक वर्षको तेस्रो त्रयमासको तुलनामा ४४.२८ प्रतिशतले बढी हो। २०७८ चैत मसान्तमा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तेस्रो त्रयमासको तुलनामा वृद्धि भएको हो । उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रयमाससम्ममा ब्याज आम्दानी रु. ३ अर्ब ८१ करोड र ब्याज खर्च रु. १ अर्ब ९६ करोड रहेको छ । समग्रमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तेस्रो त्रयमासको तुलनामा सामान्य वृद्धि भएको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रयमाससम्ममा खुद मुनाफा रु. ७ अर्ब ९७ करोड रहेकोमा १.१८ प्रतिशतले वृद्धि भई यस आर्थिक वर्षको सोही अवधिमा खुद मुनाफा ८ अर्ब ६ करोड पुगेको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रयमाससम्ममा ब्याज आम्दानी रु. ३९ अर्ब १५ करोड र ब्याज खर्च रु. १९ अर्ब ३० करोड रहेको छ । यस अवधिमा सञ्चालित ६१ खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरु मध्ये २ वटा लघुवित्त वित्तीय संस्थाहरु खुद नोक्सानीमा रहेको देखिन्छ ।

कुमारी बैंकको नाफा घट्यो , वितरणयोग्य मुनाफा १ अर्ब बढी

चालु आर्थिक वर्ष ७८/७९ को पहिलो त्रैमासमा कुमारी बैंक Kumari Bank Limited  को खुद नाफा १०.११ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ६० करोड २५ लाख रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेर ५४ करोड ११ लाख कायम भएको हो । बैंकको खुद ब्याज आम्दानी २.१९ प्रतिशतले घटेर १ अर्ब २८ करोड कायम भएको छ । बैंकको संचालन मुनाफा पनि १०.५८ प्रतिशतले घटेको छ । बैंकको नेट फि तथा कमिशनको आम्दानी भने ६७.०५ प्रतिशतले बढेको छ । बैंकको कर्जा प्रवाह ६.४१ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब पुगेको छ भने निक्षेप ६.४१ प्रतिशतले बढेर १ खर्ब ५५ अर्ब पुगेको छ । १३ अर्ब ८७ करोड चुक्ता पुंजी भएको कम्पनीको रिजर्भमा ५ अर्ब ३५ करोड रहेको छ । बैंकको खराब कर्जा ०.८२ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १५ रुपैयाँ ६० पैसा, र प्रति शेयर नेट वर्थ १३८ रुपैयाँ ५६ पैसा रहेको छ । बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड रहेको छ ।

टेस्लाले कमायो कीर्तिमानी मुनाफा

कात्तिक ४, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकले गएको गर्मीयाममा कीर्तिमानी संख्यामा विद्युतीय सवारी साधन बेचेको छ । कम्प्युटर चिप र अन्य सामग्रीको अभावबीच पनि कम्पनीले कीर्तिमानी मुनाफा कमाएको छ ।  कम्पनीले बुधवार बताएअनुसार तेस्रो त्रैमासमा टेस्लाले १ अर्ब ६२ करोड डलर नाफा कमाएको छ । योसँगै दोस्रो त्रैमासमा कायम भएको १ अर्ब १४ करोड डलर मुनाफको कीर्तिमान तोडिएको छ ।  मुनाफाको यो आकार गत वर्षको  सोही अवधिको तुलनामा पाँच गुणाभन्दा बढी हो । सन् २०२० को तेस्रो त्रैमासमा कम्पनीको मुनाफा ३० करोड डलर मात्रै थियो । जुलाईदेखि सेप्टेम्बर अवधिमा कम्पनीको आम्दानी १३ अर्ब ७६ करोड डलर रहेको छ । आम्दानीको यो आकार वाल स्ट्रिटले गरेको प्रक्षेपणभन्दा कम भएपछि अहिलेसम्मकै उच्च हो । सो अवधिमा टेस्लाको आम्दानी १४ अर्ब डलरभन्दा धेरै हुने अनुमान गरिएको थियो ।  समीक्षा अवधिमा कम्पनीले प्रतिकित्ता शेयरमा १ डलर ८६ सेन्ट मुनाफा गरेको छ । सो अवधिमा यो मुनाफा प्रतिकित्ता १ डलर ६२ सेन्ट रहने विश्लेषकहरुले अनुमान गरेका थिए । एजेन्सी

टेस्लाले कमायो कीर्तिमानी मुनाफा, ३ महिनामा १ अर्ब डलर

काठमाडौं । विद्युत्तीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कीर्तिमानी मुनाफा गर्न सफल भएको छ । सन् २०२१ को पहिलो त्रैमासिकमा टेस्लाले पहिलोपटक १ अर्ब डलर मुनाफा कमाएको हो । मंगलबार सार्वजनिक भएको टेस्लाको वित्तीय प्रतिवेदन अनुसार यस अवधिमा टेस्लाले ९ अर्ब डलर आम्दानी गरेको छ । यस त्रैमासिकको आम्दानी गत वर्षको सोही अवधिको भन्दा ७५ […]

सिटिजन्स बैंकले तिनाउ मिसनसँग गाभिएसँगै गर्यो १ अर्ब ५४ करोड नाफा

काठमाडौं, ७ बैशाख । सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ । तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभेसँगै बैंकको मुनाफा ४३२.६१ प्रतिशतले बढेको हो । तिनाउसँग मर्ज हुनु अगाडी बैंकको गत वर्षको सोही अवधिमा १ अर्ब ९ करोड रुपैयाँ मुनाफा गरेको थियो । चालु आवको […]

राष्ट्रिय वाणिज्य बैंकले दोस्रो त्रैमासमा कमायो १ अर्ब ७४ करोड खुद मुनाफा

नेपाल सरकारको अधिकांश स्वामित्व रहेको यस राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७७/७८ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । बैंकले यस अवधिमा रु. १ अर्ब ७४ करोड खुद मुनाफा आर्जन गरेको छ । गत आ.व. को सोहि अवधिको बैंकको खुद मुनाफा २ अर्ब २१ करोड रुपैंया रहेको थियो । यस अवधिमा बैंकको कुल समग्र आम्दानी रु. २ अर्ब ४४ करोड, वितरणयोग्य मुनाफा रु. १ अर्ब ८० करोड, खुद ब्याज आम्दानी रु. ३ अर्ब ९१ करोड, कुल संचालन आम्दानी रु ४ अर्ब ६५ करोड तथा खुद संचालन आम्दानी रु ४ अर्ब ५० करोड, शेयरधनी कोष रु. २५ अर्...