लन्डनमा भएको ‘ए स्टार नेप्लिज बास्केटबल लिग २०२२’ मा बलर्स स्ल्यामर्स विजयी

लन्डनस्थित ब्रुनेल युनिभर्सिटी स्पोर्टस् सेन्टरमा शनिबार ‘ए स्टार नेप्लिज बास्केटबल लिग २०२२’ सम्पन्न भयो । सन् २००७ देखि नै बेलायतको नेपाली समुदायमा बास्केटबल प्रतियोगिता हुने गरे पनि लिग खेलाइएको यो पहिलो भएको आयोजकले जनाएका छन् ।स्यान्डहर्स्ट निक्स र बलर्स स्ल्यामर्सबीच शनिबार भएको अन्तिम प्रतिष्पर्धामा बलर्स स्ल्यामर्स विजयी भएको हो । बलर्स स्ल्यामर्सले ६९ अंक ल्याएर विजयी भने स्यान्डहर्स्ट निक्स ६३ अंक ल्याएर सेकेन्ड रनरअप बनेको छ । तेश्रो स्थानका लागि डिबीएस र वाटरमेलन स्न्याचर

सम्बन्धित सामग्री

नेसनल बास्केटबल लिग : लगातार तेस्रो जितसंगै टाइम्स इन्टरनेसनल कलेज शीर्षस्थानमा

काठमाडौं, असोज १७ । नेसनल बास्केटबल लिगमा टाइम्स कलेजले लगातार तेस्रो जित हात पारेको छ । अंकतालिकामा शीर्षस्थानमा रहेको टाइम्सले मंगलबार बूढानीलकण्ठ बास्केटबल क्लबलाई १०२–८१ को स्कोरमा पराजित गदैृ तेस्रो जित हात पारेको हो । अर्को खेलमा कीर्तिपुर बास्केटबल क्लबले हाउन्ड्स एकेडेमीलाई ८१–७९ ले पराजित गर्‍यो । राष्ट्रिय खेलकुद परिषद् कभर्डहलमा टाइम्सले पहिलो तीन क्वाटर […]

नेसनल बास्केटबल लिग असोजमा हुने,  ८ टिमको नाम घोषणा

११ साउन, काठमाडौं । नेसनसल बास्केटबल लिग (एनबिएल) आगामी असोज दोस्रो साता हुने भएको छ । काठमाडौंमा बुधबार एक कार्यक्रमका बीच एनबिएलको पहिलो संस्करण खेल्ने ८ टोलीको नाम बुधबार घोषणा भएको छ । प्रतियोगिता असोज १२ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ । एनबिएल खेल्ने टोलीहरुमा विशालमिलन केन्द्र, बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब, गोल्डेनगेट बास्केटबल क्लब, […]

फाइभ नेसन्स बास्केटबल- लिग चरणमा नेपाल शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– शीर्षस्थानमा रहँदै नेपाली राष्ट्रिय बास्केटबल टोलीले फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको लिग चरणको अन्त्य गरेको छ । पहिलो खेलमै हार बेहोरेको नेपालले त्यसपछिका सबै तीन खेलमा जित निकाल्दै शीर्षस्थानमा लिग चरणको अन्त्य गरेको हो । लिग चरणको आफ्नो खेलमा आइतबार नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ ले पराजित गरेको थियो । पहिलो क्वार्टरमा दमदार […] The post फाइभ नेसन्स बास्केटबल- लिग चरणमा नेपाल शीर्षस्थानमा first appeared on Hamro Khelkud.

नेपाल बास्केटबल लिगमाथि संघको हस्तक्षेप, अनुमति बिना अन्य लिग गर्न नदिने

१३ बैशाख, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) झण्डै तीन वर्ष निष्कृय रहँदा नेपाल बास्केटबल लिग (एनबीएल) आयोजना गर्दै निजी संस्था प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पीडीसीएन) ले खेलाडीलाई व्यस्त राखेको थियो । पीडीसीएनले दुई पटक पुरुष र एक पटक महिलाको लिग आयोजना गर्‍यो । पुरुष प्रतियोगिता नेपालमै पहिलोपल्ट होम एण्ड अवे आधारमा भएको थियो । तेस्रो […]

नेपाल बास्केटबल लिग जेठ दोस्रो साताबाट

नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको आयोजनामा तेस्रो संस्करणको नेपाल बास्केटबल लिग (एनबिएल) जेठ दोस्रो साता काठमाडौंमा हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै पुरुष बास्केटबल जेठ ७ र महिला लिग १८ गतेदेखि हुने जनाक्ष्एको हो ।दुई महिनासम्म संचालन हुने एनबिएल नेपालकै ठुलो बास्केटबल लिग हो । लिग राउण्ड रोबिनको आधारमा होम एण्ड अवे ढाँचामा […]

बास्केटबल लिग जेठमा हुने

काठमाडौं । नेपाल बास्केटबल लिग (एनबिएल)को आगामी संस्करण जेठ दोस्रो साता काठमाडौंमा हुने भएको छ । आज (आइतबार) आयोजक नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले पत्रकार सम्मेलन गर्दै एनबिएल तेस्रो संस्करणको एनबिएलबारे जानकारी गराएको हो । एनबीएल पुरुष बास्केटबल जेठ ७ र महिला लिग १८ गतेदेखि हुने छ । दुई महिनासम्म संचालन हुने एनबिएल नेपालकै ठुलो […]

बास्केटबल लिग जेठमा

महिला तथा पुरुष सहभागी नेपाल बास्केटबल लिग (एनबीएल) आगामी जेठ पहिलो साताबाट सुरु हुने भएको छ । आयोजक नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले  आइतबार पत्रकार सम्मेलनमार्फत  पुरुष बास्केटबल ७ जेठदेखि र महिला लिग १८ जेठदेखि सुरु हुने जनाएको हो ।दुई महिना चल्ने प्रतियोगिताको दुवै विधाका प्लेअफ चरणका खेलहरू ३२ असारदेखि सुरु हुने र फाइनल खेल ७ साउनमा हुनेछ ।लिगमा पुरुष र महिलातर्फ समान सात टोलीको सहभागिता हुनेछ । यद्यपि, हाल पुरुषतर्फ ६ र महिलातर्फ ४ क्लबको टुङ्गो लागेको छ । बाँकी ट

टर्नपाइक इभेन्ट र नेपाल बास्केटबल संघबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – टर्नपाइक इभेन्ट प्रालिको आयोजना र नेपाल बास्केटबल संघको प्राबिधिक सहयोगमा ‘राष्ट्रिय बास्केटबल लिग’ हुने बिहिबार पत्रकार सम्मेलनमा जानकारी गरियो । नेपालमा बास्केटबलको फ्रेन्चाईज लिग पहिलो पटक हुन लागेको आयोजक टर्नपाइक इभेन्ट प्रालिका डाईरेक्टर आलोक प्रताब रानाले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराए । उनले भने हामी केहि फरक गर्न चाहन्छौं, अहिलेको बास्केटबललाई […]

राष्ट्रिय बास्केटबल लिग घोषणा, हरेक टिमले दुई विदेशी खेलाडी राख्न पाउने

२९ पुस, काठमाडौं । टर्नपाइक इभेन्ट प्रालि र नेपाल बास्केटबल संघको साझेदारीमा हुन ‘राष्ट्रिय बास्केटबल लिग’ को घोषणा भएको छ । पहिलो पटक नेपालमा बास्केटबलको फ्रेन्चाईज लिग हुन लागेको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । राष्ट्रिय बास्केटबल लिगमा ८ क्लबहरूको सहभागिता जनाउनेछन् । ८ क्लबहरूलाई टर्नपाइक इभेन्टले लाइसेन्स दिनेछ । कोरोनाका कारण […]

बास्केटबलको फ्रेन्चाइज लिग हुने, ८ टिमले प्रतिस्पर्धा गर्ने

२७ पुस, काठमाडौं। नेपाल बास्केटबल संघ (नेबा) र टर्नपाइकको संयुक्त आयोजनामा पहिलो पटक फ्रेन्चाइज बास्केटबल लिग हुने भएको छ । पहिलो पटक राष्ट्रिय स्तरको फ्रेन्चाइज बास्केटबल लिग हुन लागेको र यसको नाम नेशनल बास्केटबल लिग नेपाल रहेको संघले मंगलबार विज्ञप्तीमार्फत जनाएको छ । लिग फ्रेन्चाइज कम क्लब मोडलमा आयोजना हुने र ८ फ्रेन्चाइज क्लबले प्रतिस्पर्धा […]