झापा। मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकताअनुसार घरमै पुर्याउने व्यवस्था मिलाएको छ। "होम आइसोलेसनमा कुनै असुविधा भोग्नु पर्नेछैन। जुनसुकै समयमा हामी औषधि र सिलिन्डर बोकेर घरमा पुग्नेछौं," नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए। नगरपालिकाले सय वटा हाते अक्सिजन प्याक (डिस्पोजेबल) र ३० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ।