फोक्सोको काम वातावरणको हावाबाट अक्सिजन लिएर रगतमा मिसाउने र रगतमा भएको कार्वनडाइअक्साइड बाहिर फाल्ने हो, धेरै मात्रामा अक्सिजन दिँदा यो दुवै काम बिग्रिन्छ।
देशभर एक लाखभन्दा धेरै कोरोना सङ्क्रमित घरमै छन् । सरकारले सामान्य लक्षण भएकालाई घरमै आइसोलेशनमा बस्न आग्रह गर्दै आएको छ । गम्भीर अवस्थाका मात्रै अस्पतालमा उपचार गराइरहेका छन् ।
अस्पतालमा पनि बेड र अक्सिजन नपाइने भएकाले पनि धेरै सङ्क्रमितले घरमै सुरक्षित ठानेका छन् । सरकारले घरको आइसोलेशनमा बस्दा बेलाबेला डाक्टरसँग परामर्श गर्न, डाक्टरको परामर्शको आधारमा औषधि सेवन गर्न र श्वासप्रश्वासमा समस्या भएमा तत्काल नजिकको अस्पतालमा जान आग्रह गर्दै आएको छ ।
सङ्क्रमितको सङ्ख्या थपिंदै जाँदा सरकारले परामर्श गर्ने डाक्टरहरुको सूची पनि थपेको ...
जिल्लाको कालीगण्डकी गाउँपालिकाले कोरोना संक्रमितको घर–घरमा अक्सिजन पुर्याउने अभियान सुरु गरेको छ । गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर लक्षण देखिएका संक्रमितको घरमा पुगेर अक्सिजन सहित आवश्यक स्वास्थ्य सामग्रीहरू पुर्याउने अभियान सुरु गरेको गाउँपालिकाले जनाएको छ ।“जनताको सुरक्षा गर्ने प्रमुख दायित्व स्थानीय सरकारको भएकाले कोरोना संक्रमितलाई जुनसुकै समयमा अक्सिजनको अभाव हुन सक्छ ।” गाउँपालिका […]
झापा। मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकताअनुसार घरमै पुर्याउने व्यवस्था मिलाएको छ। "होम आइसोलेसनमा कुनै असुविधा भोग्नु पर्नेछैन। जुनसुकै समयमा हामी औषधि र सिलिन्डर बोकेर घरमा पुग्नेछौं," नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए। नगरपालिकाले सय वटा हाते अक्सिजन प्याक (डिस्पोजेबल) र ३० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ।
झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकता अनुसार घरमै पुरयाउने व्यवस्था मिलाएको छ ।वडा नं। ११ धाइजनमा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको र होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई चिकित्सक टोलीले घरै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए ।“होम आइसोलेसनमा कुनै असुविधा भोग्नु पर्नेछैन”, ओझाले भन्नुभयो, “जुनसुकै समयमा हामी औषधि र सिलिन्डर बोकेर होम आइसोलेसनमा पुग्नेछौँ ।&rd
२४ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको गम्भीर विरामी बढेसँगै पछिल्लो समय अक्सिजन सिलिन्डरको माग निकै बढेको छ । अस्पतालमा उपचाररत धेरै बिरामीलाई अक्सिजन सपोर्टमा उपचार गर्नुपरेको छ भने होम आइसोलेसनमा बसेका पनि कतिपयले घरमै अक्सिजन व्यवस्था गरेका छन् । कतिपयले भविष्यमा बिरामी पर्दा अक्सिजन अभाव हुने डरले पनि अक्सिजन सिलिन्डर राख्ने गरेको पनि पाइएको […]
मंगलवार डाक्टर केदार रायमाझीले केही युवालाई घरमै बोलाए। केहीबेर कुराकानी गरेपछि कोठाभित्र छिरे। फर्कँदा उनको हातमा 'फ्लो कन्ट्रोल भल्भ' र 'ह्युमिडिफायर' थियो। उनले अक्सिजन सिलिन्डरमा प्रयोग हुने यी सामान भेट्न आएकाहरूको हातमा थमाए। सँगै दिए केही रकम पनि। भने – 'अक्सिजन बैंकका लागि खर्चनु।'
रायमाझीलाई त्रसित बनाएको छ अहिलेको कोरोना…
काठमाडौं, बैशाख २१। कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण धेरैमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढी देखिएको छ । घरमै विभिन्न व्यायामको माध्यमबाट समेत शरीरमा अक्सिजन मात्रा बढाउन सकिने विज्ञहरूले जनाएका छन् । श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा रक्षा पाण्डेले सामान्य व्यायामले श्वासप्रश्वासलाई बढाउन सकिने बताएकी छन् । “कोरोना प्रकोपले हजारौँ सङ्क्रमित होम आइसोलेसनमा छन् । सामान्य […]
१४ वैशाख, विराटनगर । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि प्रदेश १ मा अक्सिजनको खपत बढेको छ । सङ्क्रमित भएकाहरूमा श्वासप्रश्वासको समस्या बढ्न थालेसँगै अस्पताल र घरमा समेत अक्सिजनको माग बढेको छ । होम आइसोलेसनमा बसेका कतिपयले घरमै अक्सिजन राखेका छन् । कोशी अस्पताल कोशी अस्पताल विराटनगरका सुपरिटेन्डेन्ट चुमनलाल दासले खपत बढेकाले विक्रेतालाई आपूर्ति नियमित […]
एजेन्सी। कोरोना भाइरसले मानिसलाई सबैभन्दा बढी स्वासप्रस्वासमा असर गर्छ। महामारीका कारण भारत तथा नेपालमा अक्सिजनको माग ह्वात्तै बढेको छ। यस्तोमा घरमै बसेर ब्लड-अक्सिजन लेभल नाप्ने फिटनेस ब्यान्ड सबैका लागि उपयोगी हुन सक्छ। यो ब्यान्डमा प्रयोगकर्तालाई एसपीओटु सेन्सर दिइनेछ। यसले हाम्रो रगतमा अक्सिजनको मात्रा कति छ भन्ने कुरालाई ट्र्याक गर्न मद्दत गर्छ। भारतमा यसको मूल्य तीन हजार भारु रहेको छ।