मेचीनगरमा होम आइसोलेसनमा बसेकालाई घरमै अक्सिजन र खाद्यान्न पुर्‍याइने

झापा : झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा बसेका कोभिड-१९ संक्रमितलाई आपतकालीन अवस्थामा घरमै अक्सिजन र खाद्यान्न पुर्‍याउने निर्णय गरेको छ। नगरपालिकाकी कार्यवाहक प्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा बुधवार सम्पन्न कार्यपालिकाको बैठकले अति विपन्न नगरवासीका लागि संक्रमित भएर घरमा बसेका बेला कुनै संकट नहोस् भनेर नगरपालिकाले न्यूनतम् १४ दिनका लागि