झापाको मेचीनगर नगरपालिकाले कोभिड–१९ संक्रमितका लागि अक्सिजन सहितको ३० शय्याको ओइसोलेसन कक्ष स्थापना गरेको छ ।
मेचीनगर—११ स्थित धाइजन स्वास्थ्य चौकीको भवनमा तयार गरिएको केन्द्रमा १ डाक्टरसहित २ जना स्टाफ नर्स र २ जना सहयोगीको समेत व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले जानकारी दिए ।
सो आइसोलेसन कक्ष गत वर्षको कोरोना संक्रमणका समयमा क्वारेन्टीनका रूपमा प्रयोग गरिएको थियो । नगरमा दोस्रो लहरको कोरोना भेरियन्टका संक्रमित बढेसँगै होम आइसोलेसनमा बसेकाहरूका लागि १०० थान अक्सिजन माक्सको समेत व्...