मलेसियामा वैधानिक हुने आशामा कसैको प्रलोभनमा नपर्न दूतावासको आग्रह

काठमाण्डौ – के तपाईं मलेसियामा अवैधानिक भएर बस्नुभएको छ ? यदि त्यसरी बस्नुभएको छ र कसैले तपाईंलाई वैधानिक बनाइदिन्छु भन्दै प्रलोभनमा पार्न खाजिरहेको छ भने सचेत हुनुहोला । मलेसियामा रहेको नेपाली दूतावासले त्यस्तो प्रलोभनमा नपर्न सूचित गरेको छ । मलेसियाले यसरी अवैधानिक भएर बसेका विदेशी नागरिकलाई वैधानिक बनाउने ‘रिक्यालिब्रेशन’ कार्यक्रम गएको जुन महिनामा सकिसकेको छ । त्यसैले अहिले त्यस्तो कुनै कार्यक्रम पनि नभएको र अवैधानिक भएकाहरुले जरिबाना अथवा कैद सजाय भोगेर मात्र आफ्नो देश फर्किन पाउने भएक...

सम्बन्धित सामग्री

साउदीमा नेपाली ठगहरुको बिगबिगी, ठगीबाट बच्न दूतावासको आग्रह

दोहा– साउदी अरबमा पछिल्लो समय नेपाली ठगहरुले नेपाली कामदारहरुलाई विभिन्न बहानामा ठग्ने क्रम बढेको भन्दै रियादस्थित नेपाली दूतावासले ठगहरुबाट बच्न त्यहाँ कार्यरत नेपालीहरुलाई आग्रह गरेको छ । दूतावासमा उजुरी परेर अभियुक्त कसैको पनि नाम नलिई अमुक ठग, दलाल र कमिशनखोरहरूलाइ इंगित गर्दै उनीहरुबाट जोगिन नेपाली समुदायलाइ सचेत गराएको हो । दूतावासले एक सूचना जारी बेखर्ची […]

साउदीमा ठगहरुबाट बच्न त्यहाँ रहेका नेपाली श्रमिकलाई दूतावासको आग्रह

काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई ठगहरुबाट बच्न आग्रह गरेको छ । साउदीमा समस्यामा परेका श्रमिकहरुलाई लक्षित गरी ठगी गर्नेहरु बढ्दै गएको भन्दै त्यस्ता ठगबाट बच्न दूतावासले सूचना मार्फत आग्रह गरेको हो । साउदीमा बेखर्ची भएर दूतावासको सेल्टरमा बसेका, साथीभाइको आर्थिक सहयोगमा स्वदेश फर्किन प्रयास गरिरहेका, टिकटको लागि ट्राभल एजेन्सीमा गएका श्रमिकलाई विभिन्न बहाना बनाएर ठग्ने क्रम बढेको छ । दूतावासका अनुसार ठगहरुले ट्राभल डकुमेण्ट खर्च, फोटोकपी खर्च, सीसीएमसी फारम भरेको खर्च जस्ता ब...

मलेसियामा अवैध भएर नबस्न नेपाली दूतावासको आग्रह

दोहा- मलेसियाले बसेका नेपालीहरुलाई नेपाली दूतावासले अवैध भएर नबस्न आग्रह गरेको छ । बिदेशी कामदारलाई दिएको मौका ‘रिक्यालिब्रेशन’ कार्यक्रम डिसेम्बरको अन्त्यसम्म जारी रहेकाले त्यसबेलासम्म आवश्यक कागजात मिलाएर बैधानिक बाटो समाएर स्वदेश फर्कन दूतावासले आग्रह गरेको हो । नेपाली दूतावासका द्धितिय सचिव प्रेम बहादुर बुढथापाका अनुसार रिक्यालिब्रेशन अन्तर्गत मलेसियाले गैरकानुनीरुपमा बसेका नेपाली कामदारलाई स्वदेश फिर्तिका लागि […]

डिजिटल ठगीबाट बच्न कतारमा रहेका नेपालीलाई दूतावासको आग्रह

काठमाण्डौ – कतारमा रहेका नेपाली नागरिकलाई डिजिटल ठगीबाट बच्न नेपाली दूतावासले आग्रह गरेको छ । टेलिफोन नम्बरहरुबाट सम्पर्क गरी विभिन्न बहानामा आफ्ना वैयक्तिक जानकारीहरु लिने र त्यसको दुरुपयोग गरी बैंक खाताबाट अनधिकृत रुपमा पैसा झिक्ने गरेका गुनासा आएको भन्दै त्यसतर्फ सतर्क रहन कतारमा रहेको नेपाली दूतावासले आग्रह गरेको हो । व्यक्ति स्वयमले एटिएम कार्डको पिन कोड वा बैंकबाट प्राप्त ओटीपी नम्बर जस्ता सूचना कसैलाई दिएर त्यसको प्रयोग गरी खाताबाट पैसा झिकिएमा कुनै कारबाही नहुने त्यहाँका बैंकहरुले जनाएका छन् । त्यसैले...

कतारमा रहेका नेपाली कामदारलाई पुराना नोट साट्न दूतावासको आग्रह

काठमाडौं। कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली कामदारलाई आगामी जुलाई १ सम्म आफूसँग रहेका पुराना कतारी नोटहरु साट्न आग्रह गरेको छ। कतार सरकारले पुराना नोटहरु जुलाई १ पछि प्रयोग गर्न नपाउने निर्णय गरेपछि दूतावासले उक्त आग्रह गरेको हो। कतारले सन् २०२० डिसेम्बर १८ देनि नयाँ नोट प्रचलनमा ल्याएको छ। कतारमा ३ लाखभन्दा बढी नेपाली कामदार रहेका छन्।

साउदीस्थित नेपाली दूतावासको आग्रह : कामदारले अपरिचितसँग गफ नगर्नू

काठमाडौं : साउदी अरबस्थित नेपाली राजदूतावासले आफ्ना नागरिकलाई अपरिचित पुरुष र महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा नगर्न आग्रह गरेको छ। आफ्नो फोन अरुलाई प्रयोग गर्न नदिन अनुरोध गरेको छ। अरुको उक्साहटमा लागेर आफू काम गर्ने कम्पनीको विरुद्धमा नारा विरोध, गोष्ठी नगर्न दूतावासले आग्रह गरेको छ।राजदूतावासले हुन्डीबाट पैसा नपठाउन र बैंकिङ कारोबारबाट मात्र स्वदेशमा पैसा पाउनलाई अनुरोध गरेको छ। साउदीको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र राजनीतिक व्यवस्थालाई सम्मान गर्नलाई राजदूतावासले जारी गरि

राहदानीको लागि आवेदन दिन हुलाक तथा कुरियरको प्रयोग गर्न दूतावासको आग्रह

काठमाण्डौ – यूएईमा रहेको नेपाली दूतावासले राहदानीको लागि आवेदन दिन हुलाक तथा कुरियरको प्रयोग गर्न आग्रह गरेको छ । दूतावासका अधिकांश कर्मचारीहरु कोरोना संक्रमित भएकाले आउँदाे फागुन दुई गतेदेखि भौतिक सम्पर्क कम गर्न कुरियर तथा हुलाकबाटै राहदानीको लागि आवेदन दिन आग्रह गरेको हो । राहदानीको लागि फारम भर्ने, राजश्व तिर्ने तथा साथमा पठाउनुपर्ने आवश्यक कागजातका बारेमा आफ्नो वेबसाइट www.ae.nepalembassy.gov.np मा गएर हेर्न सकिने दूतावासले जनाएको छ ।

भिजिट भिसामा यूएई आएर काम नगर्न दूतावासको आग्रह

काठमाण्डौ – के तपाईं भिजिट भिसामा यूएई जानुभएको छ र त्यहाँ काम गर्ने सोच बनाउनुभएको छ ?  यदि त्यस्तो हो भने तपाईं समस्यामा पर्न सक्नुहुन्छ । भिजिट भिसामा आएर रोजगारी गर्नु कानुन विपरीत भएको भन्दै यूएईको आबुधाबीमा रहेको नेपाली दूतावासले त्यसो नगर्न आग्रह गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ र वैदेशिक नियमावली २०६४ ले श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जाने व्यवस्था गरेको छ । श्रम स्वीकृति नलिइ भिजिट भिसामा वा अन्य भिसामा गएर काम गर्ने कानुनी व्यवस्था छैन । यसरी भिजिट भिसामा आउने क्र...