भिजिट भिसामा यूएई आएर काम नगर्न दूतावासको आग्रह

काठमाण्डौ – के तपाईं भिजिट भिसामा यूएई जानुभएको छ र त्यहाँ काम गर्ने सोच बनाउनुभएको छ ?  यदि त्यस्तो हो भने तपाईं समस्यामा पर्न सक्नुहुन्छ । भिजिट भिसामा आएर रोजगारी गर्नु कानुन विपरीत भएको भन्दै यूएईको आबुधाबीमा रहेको नेपाली दूतावासले त्यसो नगर्न आग्रह गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ र वैदेशिक नियमावली २०६४ ले श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जाने व्यवस्था गरेको छ । श्रम स्वीकृति नलिइ भिजिट भिसामा वा अन्य भिसामा गएर काम गर्ने कानुनी व्यवस्था छैन । यसरी भिजिट भिसामा आउने क्र...