कतारमा रहेका नेपाली कामदारलाई पुराना नोट साट्न दूतावासको आग्रह

काठमाडौं। कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली कामदारलाई आगामी जुलाई १ सम्म आफूसँग रहेका पुराना कतारी नोटहरु साट्न आग्रह गरेको छ। कतार सरकारले पुराना नोटहरु जुलाई १ पछि प्रयोग गर्न नपाउने निर्णय गरेपछि दूतावासले उक्त आग्रह गरेको हो। कतारले सन् २०२० डिसेम्बर १८ देनि नयाँ नोट प्रचलनमा ल्याएको छ। कतारमा ३ लाखभन्दा बढी नेपाली कामदार रहेका छन्।

सम्बन्धित सामग्री

कतारमा कोरोना बढेपछि मास्कको प्रयोग अनिवार्य, सचेत हुन नेपाली दूतावासको आग्रह

आजदेखि लागू हुने गरी व्यावसायिक क्षेत्रमा मास्कको प्रयोगलाई अनिवार्य गरिएको छ ।

डिजिटल ठगीबाट बच्न कतारमा रहेका नेपालीलाई दूतावासको आग्रह

काठमाण्डौ – कतारमा रहेका नेपाली नागरिकलाई डिजिटल ठगीबाट बच्न नेपाली दूतावासले आग्रह गरेको छ । टेलिफोन नम्बरहरुबाट सम्पर्क गरी विभिन्न बहानामा आफ्ना वैयक्तिक जानकारीहरु लिने र त्यसको दुरुपयोग गरी बैंक खाताबाट अनधिकृत रुपमा पैसा झिक्ने गरेका गुनासा आएको भन्दै त्यसतर्फ सतर्क रहन कतारमा रहेको नेपाली दूतावासले आग्रह गरेको हो । व्यक्ति स्वयमले एटिएम कार्डको पिन कोड वा बैंकबाट प्राप्त ओटीपी नम्बर जस्ता सूचना कसैलाई दिएर त्यसको प्रयोग गरी खाताबाट पैसा झिकिएमा कुनै कारबाही नहुने त्यहाँका बैंकहरुले जनाएका छन् । त्यसैले...

मलेसिया, साउदी र कतारमा नेपाली कोरोनाबाट सुरक्षित, नियम मान्न दूतावासको आग्रह

काठमाण्डौ – खाडीका ६ देश र मलेसियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो छ, तर लाखौं नेपाली रहेका यी देशमा कार्यरत धेरैजसो नेपाली श्रमिक भने अहिलेसम्म सुरक्षित छन् । यूएईमा ८ जना, बहराइनमा तीन जना र कुवेतमा एक जना नेपाली श्रमिकलाई  कोरोनाको सङक्रमण देखिएको छ । यूएईमा ८ मध्ये दुई जना निको भइसकेका छन् भने बाँकी ...

​आफ्नो विवरण अध्यावधिक गर्न कतारमा रहेका नेपालीलाई दूतावासको आग्रह

काठमाडौं, जेठ ९ – कतारमा बस्ने नेपालीको विवरण अध्यावधिक गरिने भएको छ । कतारमा रहेका नेपालीका बारेमा जानकारी राख्न कतारमा रहेको नेपाली दूतावासले ...