-शिव अधिकारी यदुवंशीसत्ता गठबन्धनले आसन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ भागबण्डा करिबकरिब टुङ्गो लगाए पनि सिट बाँडफाँट भएका जिल्लामै असन्तुष्टि देखिएको छ । धनुषाका चार निर्वाचन क्षेत्रमध्ये दुईमा नेपाली कांग्रेस, दुईमा जसपा नेपालको दाबी गरिरहेको अवस्थामा माओवादी केन्द्रले पनि एउटा सिटमा दाबी गरेको छ ।नेपाली कांग्रेस धनुषाको सभापति योगी पजियारले धनुषाको ४ निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा कांग्रेसको मुख्य दाबेदारी रहेको बताए । उनले धनुषा निर्वाचन क्षेत्र ३ र ४ नेपाली कां