भारतमा सबैभन्दा बढी मृत्युदर महाराष्ट्र, दिल्ली र यूपीमा रहेको छ। भारतभर अहिलेसम्मको मृतकको संख्या २ लाख आठ हजार ३ सय ३० रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।...
काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चार हजार १९४ जनाको मृत्यु भएको छ। योसँग कुल मृतकको संख्या दुई लाख ३८ हजार २६५ पुगेको छ। पछिल्लो २४ घण्टामा चार लाख एक हजार ३२६ जना नयाँ संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितको संख्या ३७ लाख ३१ हजार २६१ रहेको छ।
काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा तीन हजार २८५ जनाको मृत्यु भएको छ। त्यस्तै कुल मृतकको संख्या दुई लाख १ हजार १६५ पुगेको छ। पछिल्लो २४ घण्टामा तीन लाख ६२ हजार ९०२ जना नयाँ संक्रमित थपिएका छन्। त्यसैगरी सक्रिय संक्रमितको संख्या २९ लाख ७९ हजार ७६८ जना रहेको छ।
काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा २८ सय ८ जनाको मृत्यु भएको छ। भने कुल मृतकको संख्या एक लाख ९५ हजार ११६ जना पुगेको छ। आइतबार तीन लाख ५४ हजार ५३१ जना नयाँ संक्रमित थपिएका छन्। त्यस्तै त्यहाँ सक्रिय संक्रमितको संख्या २८ लाख १४ हजार ५४४ रहेको छ।
भारतमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका करिब तीन लाख सङ्क्रमित पहिचान गरिएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई लाख ९५ हजार ४१ जना सङ्क्रमित पहिचान गरिएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार कोभिड १९ को पहिलो लहर आउँदा गत् सेप्टेम्बर १७ मा सबैभन्दा बढी ९८ हजार ७९५ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । गत् फेब्रुअरी महिना यता भारतमा दैनिक थपिने सङ्क्रमितको संख्या बढ्दै गएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार २३ जना सङ्क्रमितको मृत्यु भएको छ ।
भारतमा पछिल्लो चौबीस घण्टामा दुई लाख ६१ हजारभन्दा बढी कोरोनाभाइरसका सङ्क्रमितको पहिचान गरिएको छ । भारतमा कोरोनाभाइरसका सङ्क्रमित हुने दैनिक वृद्धि हुँदा एकैदिन थपिने नयाँ सङ्क्रमित हालसम्मकै उच्च भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो चौबीस घण्टामा दुई लाख ६१ हजार नयाँ सङ्क्रमित थपिएका छन् । शुक्रबार चौबीस घण्टामा दुई लाख ३४ हजार सङ्क्रमित थपिएका थिए । भारतमा हालसम्म एक करोड ४७ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो चौबीस घण्टामा भारतमा एक हजार ५०१ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोनाभाइरसबाट मृत्यु हुने एक लाख ७७ हजार १५० पुगेको छ ।