काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । मंगलबार बिहान कम्पनीको सेयर निकासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओ बाँडफाँड भएको जनाएको छ ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार गोलाप्रथाबाट बाँडफाँड गरिँदा एक लाख ६६ हजार ३४५ जनाले...