बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा शुक्रवार आईपीओ बाँडफाँड भएको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गर्दा ७४ हजार ४०० जनले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् ।
कम्पनीको आईपीओमा आवेदन गरेका १९ लाख ५६ हजार १५५ जना आवेदकको हात खाली भएको छ ।
कम्पनीको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडका अनुसार आईपीओमा २० लाख ३० हजार ५५५ वटा आवेदन परेको थियो ।
उल्लेखित संख्याको...