बंगलादेशमा दुर्गा पूजाका अवसरमा हिन्दु धर्मावलम्बीको घर र पूजास्थलमा भएको हमलाको अमेरिकाले निन्दा गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले दुर्गा पूजा उत्सवका क्रममा हिन्दु मन्दिर र हिन्दु धर्मावलम्बीका घरमा भएको हमलाको निन्दा गरेका हुन् ।उनले भनेका छन्, ‘हाम्रो समवेदना हिन्दु समुदायका साथ छ, हामी प्रशासनलाई आग्रह गर्दछौं कि सम्पूर्ण घटनाको सही रुपमा जाँच होस्, धार्मिक स्वतन्त्रता र मानवअधिकारको रक्षा महत्त्वपूर्ण विषय हो ।’ अमेरिकी विदेश मन्त्रालयले धार्मिक स्वतन्त्