काठमाण्डाै – लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त भएका छन् । प्रदेश सभा सचिवालयले आज शुक्रवार सूचना निकालेर जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरू सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे पदमुक्त भएका जानकारी गराएको हो ।जसपा केन्द्रीय कार्यालयको निर्णयअनुसार तीन वटा पद मुक्त भएको प्रदेश सभा सचिवालयले जनाएको छ । उनीहरू तीनै जना मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारमा मन्त्री हुन् । उनीहरूलाई जसपाले मन्त्रीबाट राजीनामा दिन निर्देशन दिएको थियो । पार्टीको निर्देशन नमानेको र प्र...