श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा अवाञ्छित गतिविधि गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन नेपालका पदाधिकारीबाट बुधवार अपराह्न ज्ञापनपत्र लिएपछि उनले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन व्यवसायीको सहयोग अपरिहार्य भएको बताए । मन्त्री श्रेष्ठले गलत काममा संलग्न जोसुकै माथि राज्यले कानूनअनुसार कारबाहीको प्रक्रिया अघि बढाउने दृढता व्यक्त गर्दै वैदेशिक रोजगारसम्बन्धी बेथितिको अनुसन्धान र कारबाही गर्ने छ...