काठमाण्डाै – गएको आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा १० खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा रेमिट्यान्स ४ दशमलव ८ प्रतिशतले बढेर १० खर्ब सात अर्ब ३१ कराेड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २ दशमलव २ प्रतिशतले बढेर आठ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
गएको वर्ष वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा बढेर तीन लाख ५४ हजार ६ सय ६० जना पुगेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या ६२ दशमलव ८ प्रत...