विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ९ अर्ब ८९ करोड पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी रिपोर्टमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने