काठमाण्डाै – चालु आर्थिक वर्षकाे तीन महिनाको अवधिमा रेमिट्यान्स १६ दशमलव आठ प्रतिशतले वृद्धि भइ दुई खर्ब ८१ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरणअनुसार रेमिट्यान्स बढेकाे हाे ।
अघिल्लो वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स सात दशमलव एक प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स सात दशमलव नाै प्रतिशतले वृद्धि भइ दुई अर्ब १९ करोड पुगेको छ ।
यस्तै चालु आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीका लाग...