काठमाण्डाै – गएको आर्थिक वर्षमा नेपाल भित्रिने विप्रेषण रकम (रेमिट्यान्स) ९ दशमलव ८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार गएकाे वर्ष नौ खर्ब ६१ अर्ब पाँच करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
कोरोना महामारीका कारण विदेशमा धेरै नेपालीको रोजगारी गुम्ने र उनीहरूले पठाउने रेमिट्यान्स घट्ने अनुमानका बीच पनि नौ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । अमेरिकी डलरमा पनि रेमिट्यान्स ८ दशमलव २ प्रतिशतले बढेर आठ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।
यस्तै आर्थिक वर्ष २०७७/०७८ मा वैदेशिक रोजगारीका लागि अन्...