राष्ट्रिय जनगणना सुरु, गणक र सुपरीवेक्षक उत्साहित

तालिम पश्चात गणकहरूलाई नियुक्तिपत्र, करार नामा, यसअघि सुपरीवेक्षकले तयार पारेको उतार फारम, मातृ मृत्युदर उतार फराम, आवश्यक सामग्री दिएर फिल्डमा खटाइएको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारी बताउनुहुन्छ ।

सम्बन्धित सामग्री

वैकल्पिक विधिबाट गरियो लिपुलेक कालापानीको गणना, विस्तृत विवरण आउन बाँकी

काठमाडौं :  सरकारले नेपाल र भारतबीच विवादमा रहेको दार्चुलाको नेपाली भूमि लिपुलेक, कालापानी तथा लिम्पियाधुरा राष्ट्रिय जनगणना २०७८ मा समेटिएको बताएको छ। प्रत्यक्ष रूपमा गणक तथा सुपरीवेक्षक पुगेर गणना गर्न नसकेकाले घर संख्याको आधारमा औसतमा जनसंख्याको आँकडा निकालिएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए। बुधबार सार्वजनिक भएको  जनसंख्या २ करोड ९१ लाख ९३२ हजार ४८० भित्र त्यस भेगको जनसंख्या समेत समेटिएको छ तर उक्त क्षेत्रमा कति जनसंख्या छ भन्

ताप्लेजुङमा तीनसय गणक र सुपरीवेक्षक परिचालन

ताप्लेजुङमा राष्ट्रिय जनगणनाका लागि गणक र सुपरीवेक्षकसमेत झण्डै तीनसय जना परिचालन भएका छन् । बिहीबार आजदेखि शुरु भएको राष्ट्रिय जनगणना २०७८ का लागि उक्त सङ्ख्यामा जनशक्ति परिचालन भएका हुन् ।

सङ्घीयतापछि पहिलो जनगणना (सम्पादकीय)

राष्ट्रिय जनगणना आजदेखि सुरु हुँदैछ । सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी जनगणनाको प्रारम्भ गर्ने कार्यक्रम छ । आजदेखि गणक घरघरमा पुगेर विवरण सङ्कलन प्रारम्भ गर्ने छन् । वि.सं. १९६८ देखि सुरु भएको जनगणना हरेक १०/१० वर्षमा गरिँदै आएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ सुरु भएको यस पटकको जनगणनाका लागि आठ हजार पाँच सय सुपरीवेक्षक र ३९ हजार गणक खटिएका छन् । भदौ ३० देखि कात्तिक १

राष्ट्रिय जनगणनाको मूल गणना बिहीबारदेखि

काठमाठौँ- राष्ट्रिय जनगणना २०७८ अन्तर्गत बिहीबारदेखि मूल गणना हुने भएको छ । ९ मंसिरसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए । मूल गणनाका लागि ४०  हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन् ।  नेपालमा हरेक १०-१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ । […]

महामारीले रोकिएको राष्ट्रिय जनगणना कात्तिक २५ देखि सुरु हुँदै

काठमाडौं । कोभिड-१९ का कारण स्थगन भएको १२औँ श्रृङ्खलाको राष्ट्रिय जनगणना आगामी कात्तिक २५ गतेदेखि सुरु हुने भएको छ । केन्द्रिय तथ्यांक विभागले बुधबार गरेको पत्रकार सम्मेलनमा महानिर्देशक नेविन लाल श्रेष्ठले जनगणनाका लागि ३९ हजार गणक र साढे ८ हजार जना सुपरीवेक्षक रहने बताए । ७० लाख घरपरिवार र ३ करोड जनसंख्याको...

यसरी हुँदैछ जनगणना

काठमाडौं, २३ भदौ । राष्ट्रिय जनगणना २०७८ कात्तिक २५ देखि सुरु भई मंसिर ९ सम्म चल्ने भएको छ । यसअघिको कार्यतालिका कोरोना भाइरसको संक्रमण फैलिएपछि स्थगन भएकोमा फेरि सरकारले निर्णय गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । १२औं शृंखलाको जनगणनामा ३९ हजार गणक तथा ८ हजार सुपरीवेक्षक परिचालन हुनेछन् । देशको ३ करोड जनसंख्याको गणना […]

कोभिडविरुद्ध खोप लगाइसकेपछि मात्र जनगणना हुने

काठमाडौं : कोरोना संक्रमणका कारण रोकिएको राष्ट्रिय जनगणना भदौबाट सञ्चालन हुने भएको छ। कोरोना जोखिम कायम रहेकाले कोभिडविरुद्ध खोप लगाएर मात्र जनगणना सुरु गर्ने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।विभागले राष्ट्रिय जनगणना, २०७८ का लागि टोलटोलमा खटाउने गणक तथा सुपरीवेक्षकलाई पहिला कोभिडविरुद्ध खोप लगाएर मात्र गणनाका लागि खटाउने तयारी गरेको विभागले जनाएको छ।जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक करारमा नियुक्त गरेको छ। सरकारले निषेधाज्ञा

कोरोनाको कारण रोकिएको जनगणना पुनः शुरु हुँदै

असार १२, काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि रोकिएको ‘राष्ट्रिय जनगणना २०७८’का गतिविधि पुनः शुरु गर्ने सम्बन्धमा निर्णय गर्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक आगामी आइतवार बस्ने भएको छ । गत वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले बढ्दो कारोना संक्रमणका कारण असहज परिस्थिती निर्माण भएको भन्दै जनगणनाका सम्पूर्ण गतिविधि स्थगन गर्ने निर्णय गरेको थियो । पछिल्ला दिनमा कोरोना संक्रमणदर केही नियन्त्रणमा आएसँगै जनगणनाका बाँकी कामलाई निरन्तरता दिने उद्देश्यले तथ्यांक विभागले जनगणना निर्देशक समितिको बैठक बोलाएको होे ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अध्यक्ष रहने तथा विभिन्न मन्त्रालयका सचिव तथा विश्वविद्यालयका जनसंख्या र तथ्यांक विभागका प्रमुख सदस्य रहनेगरी निर्देशक समिति गठन गरीएको छ ।  केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले साउनको अन्तिम सातादेखि तथ्यांक लिन कार्यक्षेत्रमा पठाउनेगरी प्रस्ताव निर्देशक समितिको बैठकमा लैजान लागिएको जानकारी दिए । आगामी साउन अन्तिम सातादेखि शुरु गरी असोजको पहिलो सातामा सक्ने गरी कार्यातालिका बनाइएकोे उनको भनाइ छ । निर्देशक समितिले प्रस्ताव स्वीकृत गरेमा सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा जानेछ ।  रेग्मीले भने, ‘पहिला असार ८ गतेभित्र जनगणना लिने कार्य सक्नेगरी कार्ययोजना बनाएका थियौँ । अब हाम्रो प्रस्ताव असोजको पहिलो हप्ताभित्र सक्ने भन्ने छ । जुन दिन तथ्यांक लिएर सक्छौँ, त्यही दिनको नेपालको जनगणना भनेर निकाल्छौँ ।’ कार्यलय स्थापनाको काम सम्पन्न गरी सामग्री व्यवस्थापनअन्तर्गत प्रश्नावली, निर्देशिका, कापी, कलम, तालिम सामग्रीहरू जिल्ला र प्रदेशका कार्यालयमा पठाइसकिएको विभागले जानकारी दिएको छ । करीब ९ हजार सुपरीवेक्षकको छनोट गरीसकिएको छ । उनीहरूमध्ये केहीले ६ दिने तालिम लिईसकेका छन् भने केहीले आधा तालिमकै क्रममा निषेधाज्ञाका कारण तालिम पूरा गर्न पाएका छैनन् । उनीहरूलाई नै फेरि १÷२ दिनको पुनर्ताजगी तालिम दिने र कार्यक्षेत्रमा खटाउने विभागको तयारी छ ।  यस्तै ४० हजार गणकको छनोट र नियुक्ति प्रक्रिया पनि अन्तिम चरणमा रहेको छ । केन्द्रीय तथ्यांक विभागले हरेक दश वर्षमा गर्ने राष्ट्रिय जनगणना विसं १९६८ देखि सञ्चालन गर्दै आएको छ । यसको बाह्रौँ श्रृंखला अहिले सञ्चालन हुँदैछ । कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राख्दै विभागले जनगणनामा खटिएर घरघरमा आउने सबै गणक तथा सुपरीवेक्षकहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड संक्रमणको जोखिम न्यून गर्ने मापदण्ड अनिवार्य पालना गर्नुपर्ने व्यवस्था मिलाएको छ ।  सुपरीवेक्षक तथा गणकहरूले मास्क तथा फेससिल्ड लगाउने तथा सेनिटाइजरको प्रयोग र भौतिक दूरी कायम गरी अन्तर्वार्ता सञ्चालन गर्नेगरी आवश्यक तालिम र व्यवस्था मिलाईएको विभागका उपमहानिर्देशक रेग्मीले जानकारी दिए । देशभर अक्सर बसोबास गर्ने सम्पूर्ण व्यक्तिको निश्चित समय अवधिभित्र गणना गरी व्यक्तिगत तथा पारिवारिक विवरणसँग सम्बन्धित तथ्यांक संकलन गर्ने र संकलन भएको तथ्यांक प्रशोधन, प्रकाशन एवम् वितरण गर्ने समष्टिगत प्रक्रियानै जनगणना हो ।   नेपालको कुन–कुन क्षेत्र तथा भूभागमा के कति मानिस बसोबास गर्छन्, तिनीहरूमध्ये महिला, पुरुष, तेस्रो लिङ्गी, बालबालिका, काम गर्ने उमेर समूह र बृद्ध–बृद्धाको संख्या कति छ, तिनीहरूको बासस्थान र सुविधा के कस्ता छन् भन्ने विवरण जनगणनाको क्रममा संकलन गरिन्छ । रासस

चार गुणाभन्दा बढीको आवेदन

राष्ट्रिय जनगणना २०७८ का लागि खुला गरिएको आवेदनमा झन्डै दुई लाखले आवेदन दिएका छन् । जनगणनाका लागि सुपरीवेक्षक आठ हजार र गणक ३९ हजार गरी ४७ हजार जनशक्ति माग गरिएकोमा एक लाख ८९ हजार २३ जनाले आवेदन दिएका हुन् । केन्द्रीय तथ्याङ्क विभागले गत माघ ११ गतेदेखि चैत ११ गतेसम्म दुई महिनाका लागि आवेदन खुला गरेको थियो ।

तनहुँमा पाँच सय गणक, सय सुपरीवेक्षक परिचालन गरिने

तनहुँ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलनका लागि तनहुँमा पाँचसय गणक र सय सुपरीवेक्षक परिचालन गरिने भएको छ । जिल्ला जनगणना कार्यालय तनहुँले आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । विसं २०७८ को जेठ र असार महीनामा हुने सो गणना नेपालको जनगणनाको इतिहासमा ११० वर्षमा गर्न लागिएको बाह्रौँ शृङ्खला हो । […]