काठमाडौं : कोरोना संक्रमणका कारण रोकिएको राष्ट्रिय जनगणना भदौबाट सञ्चालन हुने भएको छ। कोरोना जोखिम कायम रहेकाले कोभिडविरुद्ध खोप लगाएर मात्र जनगणना सुरु गर्ने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।विभागले राष्ट्रिय जनगणना, २०७८ का लागि टोलटोलमा खटाउने गणक तथा सुपरीवेक्षकलाई पहिला कोभिडविरुद्ध खोप लगाएर मात्र गणनाका लागि खटाउने तयारी गरेको विभागले जनाएको छ।जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक करारमा नियुक्त गरेको छ। सरकारले निषेधाज्ञा