स्वदेशमै पुनर्बीमा गराउन समितिको निर्देशन

काठमाडौं । बीमा समितिले बीमाको अन्तरराष्ट्रिय अभ्यास र सिद्धान्तविपरीत बीमा कम्पनीहरूलाई स्वदेशी कम्पनीमा नै शतप्रतिशत पुनर्बीमा गर्न ठाडो निर्देशन दिएको छ । समितिले यति मात्र नभएर आफ्नै ऐन, नियमावली तथा निर्देशिकाको अवज्ञा गर्दै पनि बीमा कम्पनीहरूलाई यस्तो निर्देशन दिएको देखिन्छ । समितिले गत हप्ता जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई पत्र पठाएर यस्तो निर्देशन दिएको हो । समितिले ऐनको कुनै दफा तथा निर्देशिकामा आधारित नभएर सामान्य पत्र लेखेर बीमा कम्पनीहरूलाई स्वदेशमा नै पुनर्बीमा गर्न ठाडो निर्देशन दिएको हो, जुन व्यावहारिक रूपमा ऐन तथा पुनर्बीमासम्बन्धी निर्देशिकाविपरीत हुने बीमा कम्पनीका अधिकारीहरूले बताएका छन् । समितिले कुल बीमा व्यवसायको २० प्रतिशत प्रत्यक्ष रूपमा नेपाल रि इन्स्योरेन्समा पुुनर्बीमा गर्नुपर्ने व्यवस्थालाई यथावत् राखी सबै पुनर्बीमा स्वदेशी कम्पनीहरूलाई दिनुपर्ने निर्देशन दिएको हो । स्वदेशी रि इन्स्योरेन्स कम्पनीहरूले पुनर्बीमा लिन अस्वीकार गरेको अवस्थामा मात्र विदेशी कम्पनीलाई पुनर्बीमा दिन पाइने समितिको निर्देशनमा उल्लेख छ । यो बीमाको अन्तरराष्ट्रिय अभ्यास, बीमाको सिद्धान्त र ऐनविपरीत हुने बीमा कम्पनीहरूको भनाइ छ । बीमा ऐनको दफा २८ र बीमा निमावलीको दफा ६ मा पुनर्बीमा गर्नुपर्ने उल्लेख छ । त्यसैको आधारमा समितिले यसै वर्ष जारी गरेको पुनर्बीमासम्बन्धी निर्देशिकाको दफा ९ मा पुनर्बीमा विविधीकरण गर्नुपर्ने भनेर व्यवस्था गरिएको छ । त्यसमा पुनर्बीमा विविधीकरणमा लीड गर्ने कम्पनीलाई बढीमा ४० प्रतिशतसम्म र अन्य कम्पनीलाई बढीमा २० प्रतिशतसम्म पुनर्बीमा दिन सकिने व्यवस्था छ । यदि, सहभागी कम्पनी रेटेड भएमा ४० प्रतिशतसम्म नै पुनर्बीमा दिन सकिने व्यवस्था छ । तर, समितिको अहिलेको ठाडो निर्देशनले उक्त निर्देशिकामा भएको व्यवस्था नै उल्लंघन हुने देखिन्छ । हाल नेपालमा नेपाल रि र हिमालयन रि गरेर दुईओटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । यी दुवै कम्पनीले अझै रेटिङ गराएका छैनन् । एउटा कम्पनीलाई लीड बनाएर ४० प्रतिशत र अर्कोलाई सहायक कम्पनी बनाएर २० प्रतिशतसम्म पुनर्बीमा दिँदा बढीमा ६० प्रतिशतसम्मको पुनर्बीमा नेपालमै गर्न सकिन्छ । बाँकी रहेको ४० प्रतिशत पुनर्बीमा विदेश पठाउन सकिन्छ । तर, समितिले भने आफ्नै निर्देशिकामा रहेको व्यवस्था बेवास्ता गर्दै सबै पुनर्बीमा नेपालमै गर्न निर्देशन दिएको छ । बीमाको सिद्धान्तअनुसार पुनर्बीमा एउटै कम्पनीमा गर्ने गरिँदैन । विज्ञहरूका अनुसार एउटै मुलुकभित्र गर्ने अभ्यास पनि अन्तरराष्ट्रिय बजारमा छैन । जोखिम व्यवस्थापनका हिसाबले पुनर्बीमालाई देशगत रूपमा नै विविधीकरण गर्नु नै उपयुक्त मानिन्छ । पुनर्बीमालाई विविधीकरण नगर्दा महाविपत्तिमा पुनर्बीमा र बीमा कम्पनी नै डुब्ने अवस्था आउन सक्छ । यसै आधारमा नेपालको एक कम्पनीले ७/८ ओटा विदेशी पुनर्बीमा कम्पनीलाई यस्तो व्यवसाय दिँदै आएका छन् । अहिले समितिले यसलाई नियन्त्रण गर्न खोजेको छ । जुन जोखिम हस्तान्तरण तथा व्यवस्थापनको दृष्टिकोणले पनि गलत हुने बीमा कम्पनीका अधिकारीहरू बताउँछन् । एक त नेपालका रि इन्स्योरेन्स कम्पनीहरूले नेपालको शतप्रतिशत पुनर्बीमाको जोखिम धारण गर्न सक्दैनन् । लिए पनि त्यो समग्र बीमाक्षेत्रका लागि घातक हुने उनीहरू बताउँछन् । पुनर्बीमाले पनि आफूले धारण गर्न सक्ने जोखिम राखेर बाँकी रेट्रोसेशन (पुनर्बीमाको पनि पुनर्बीमा) गरेर विदेश पठाउन सक्ने विकल्प भने यथावत् नै छ । नेपालमा २०७२ मा गएको भूकम्पका कारण अर्बाैं रुपैयाँको क्षति भएको थियो । त्यसैका कारण बीमा कम्पनीहरूमा झन्डै १७ अर्ब रुपैयाँ बराबरको दाबी परेको थियो । त्यसमा झन्डै १० अर्ब रुपैयाँ विदेशी पुनर्बीमा कम्पनीबाट आएको थियो । यदि, नेपाली बीमा कम्पनीहरूले विदेशमा पुनर्बीमा नगरेको भए त्यसै बेला आर्थिक रूपमा ठूलो नोक्सानी बेहार्नुपर्ने थियो । यस्ता विषयवस्तुलाई दृष्टिगत गर्दै समितिले आफ्नो निर्णय फिर्ता लिनुपर्ने लिनुपर्ने कम्पनीहरूको भनाइ छ । नेपाल बीमक संघका महासचिव चंकी क्षत्रीले समितिको उक्त निर्णय सरासर गलत भएको बताए । अन्तरराष्ट्रिय अभ्यास, बीमा सिद्धान्त र कानूनविपरीत पनि भएको उनको भनाइ छ । ‘जोखिम व्यवस्थापनलगायत विभिन्न दृष्टिकोणको आधारमा यो उपयुक्त छैन । विश्वका कुनै पनि देशमा यस्तो गरेको उदाहरण पनि छैन,’ उनले भने, ‘त्यसैले समितिले यस निर्णयलाई तत्काल फिर्ता लिनुपर्छ ।’ निर्जीवन बीमा व्यवसाय संघका अध्यक्ष राजेन्द्र मल्लले बीमा समितिबाट पहिलोपटक यस्तो दुःख पाएको बताए । ‘म बीमाक्षेत्रमा आबद्ध भएको २७ वर्षभन्दा बढी भयो । यसभन्दा अघि नियामक निकायले यसरी बीमाक्षेत्रलाई पेलेको अनुभूति भएको थिएन,’ उनले भने, ‘तर, अहिले नियामक निकायले बीमाक्षेत्रलाई दुःख दिएको अनुभूति भएको छ ।’ समितिले यस्तो निर्णय गरेपछि बीमा कम्पनीहरू त्यसको विरुद्धमा उत्रिने आन्तरिक तयारी गरेका छन् । निर्जीवन बीमा कम्पनीका सीईओहरू संस्था नेपाल बीमक संघ र जीवन बीमा कम्पनीका सीईओहरूको संस्था नेपाल जीवन बीमक संघले समितिको उक्त निर्णय विरुद्ध उत्रिने निर्णय गरिसकेका छन् । अब छिट्टै नै जीवन र निर्जीवन बीमा कम्पनीहरूको साझा धारणा बनाएर समितिमा जाने नेपाल बीमक संघका एक अधिकारीले जानकारी दिए । यता यसबारे थप जानकारी लिन खोज्दा समितिका उच्च पदस्थ अधिकारीहरू सम्पर्कमा आउन चाहेनन् ।

सम्बन्धित सामग्री

लेखा समितिको निर्देशन मान्दै रामग्राम ९९ वर्षका लागि दिने सम्झौता रद्द

काठमाडौं- संघीय संसदको सार्वजनिक लेखा समितिको निर्देशनअनुसार लुम्बिनी विकास कोषले रामग्राम ९९ वर्षका लागि निजी कम्पनीलाई दिने निर्णय  रद्द गरेको छ। लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको अध्यक्षतमा बसेको कोषको कार्यकारिणी बैठकले उक्त निर्देशन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो। संघीय संसदको सार्वजनिक लेखा समितिले गत माघ २० गते लुम्बिनी […]

निःशुल्क उपचार र पुनःस्थापनाका लागि समितिको निर्देशन

काठमाडौँ : राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आज (आइतवार) को बैठकले जाजरकोट–भूकम्पबाट घाइतेहरुको उद्धार, शीघ्र र निःशुल्क उपचारका साथै राहत र पुनःस्थापना कार्यमा राज्यका सम्पूर्ण शक्ति परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ।समितिका सभापति प्रकाश पन्थको अध्यक्षतामा भएको बैठकले राज्यको सम्पूर्ण शक्ति परिचालन गरी प्रभावकारी रुपमा एकद्वार प्रणालीबाट व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको समितिका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए।समितिले भूकम्पको क्षतिउपर राहत एवं पुनःस्थापनामा सम्प

संघीय मन्त्रालयको संख्या घटाउन संसदीय समितिको निर्देशन

काठमाडौं, १७ कार्तिक । राष्ट्रिय सभाद्वारा गठित संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले अध्ययन गरेर आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले संघीय मन्त्रालयको संख्या कटौती गरी १५ वटा मात्र बनाउन निर्देशन दिएको छ । आज (बिहीबार) बसेको समितिको बैठकले संघीय मन्त्रालयको संख्या १५ वटामा सीमित गर्न निर्देशन दिएको हो । त्यस्तै, संघीय तहमा […]

सुपारी आयात रोक्न संसदीय समितिको निर्देशन

काठमाडौं, चैत २४ । मुलुकमा विदेशी मुद्राको सञ्चिति घटेर अर्थतन्त्र समस्यामा परिरहेका वेला सरकारले सुपारी आयात खुलाउने निर्णय गरे पछि संसदीय समितिले सुपारी आयात रोक्न निर्देशन दिएको छ। सांसदहरूले सुपारी आयात रोक्न माग गरेपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयात इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बुधबार निर्देशन दिएको […]

तत्काललाई सुपारी आयात रोक्न समितिको निर्देशन

संघीय मामिला अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितीले तत्काललाई सुपारीको आयत रोक्न निर्देशन दिएको छ । आज बसेको समितिको बैठकमा समितिका सभापति विमलकुमार श्रीवास्तवले सरकारसमक्ष यस्तो निर्देशन दिएका हुन । समिति सुपारी आयत गर्ने उद्योगको स्थलगत अनुगमन गर्ने र अनुगमन सकेर फर्किएपछि यससम्बन्धि थप छलफल गर्ने सभापति श्रीवास्तवले बताए । सुपारी बाहेक केराउ र मरिचको आयातमा भने समस्या नरहेको समितिको ठहर छ ।

वैदेशिक रोजगारी : तत्काल क्षतिपूर्ति दिलाउन संसदीय समितिको निर्देशन

काठमाडौं :  वैदेशिक रोजगारीको नाममा ठगिएका युवालाई तत्काल क्षतिपूर्ति दिलाउन संसदीय समितिको निर्देशन दिएको छ। प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको हो। स्ट्रलिङ ओभरसिज प्रालिले १३ जना युवासँग प्रतिव्यक्ति ५ लाख १० हजार रकम बढी लिएर वैदेशिक रोजगारीमा नपठाएको भन्ने उजुरीमाथि छलफल गर्दै समितिले विभागलाई सो निर्देशन दिएको हो। समितिले व

नेपालमै पुनर्बिमा गर्नुपर्ने समितिको निर्देशन विवादमा

बिमा कम्पनीहरुले देशभित्रै पुनर्बिमा गर्नुपर्ने बिमा समितिको निर्णय विवादमा परेको छ । समितिको निर्देशन बिमाको सिद्धान्तविपरीत भएको भन्दै बिमकहरुले विरोध गरेपछि समिति अप्ठेरोमा परेको हो ।समितिले गत बिहीबार कम्पनीहरुलाई आन्तरिक रुपमा पत्र पठाएर सम्पूर्ण पुनर्बिमा नेपालमै गर्न निर्देशन दिएको थियो । तर देशभित्र पुनर्बिमा गर्दा जोखिम एकै ठाउँमा केन्द्रित हुने र प्राकृतिक प्रकोपलगायतका कारण एकैपटक […]

स्वदेशमै पुनर्बीमा गराउन समितिको निर्देशन

सुर्खेत, मंसिर १३ । बीमा समितिले बीमाको अन्तरराष्ट्रिय अभ्यास र सिद्धान्तविपरीत बीमा कम्पनीहरूलाई स्वदेशी कम्पनीमा नै शतप्रतिशत पुनर्बीमा गर्न ठाडो निर्देशन दिएको छ । समितिले यति मात्र नभएर आफ्नै ऐन, नियमावली तथा निर्देशिकाको अवज्ञा गर्दै पनि बीमा कम्पनीहरूलाई यस्तो निर्देशन दिएको देखिन्छ । समितिले गत हप्ता जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई पत्र पठाएर यस्तो निर्देशन […]

कलेजहरुलाई अतिरिक्त शुल्क नलिन संसदीय समितिको निर्देशन

काठमाडौं, ८ भदौ । इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले इन्जिनियरिङ कलेजहरुलाई शुल्क नलिन निर्देशन दिएको हो । आज बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले कक्षा १२ को परीक्षा र इन्जिनियरिङ कलेजको शुल्कको सम्बन्धमा अतिरिक्त शुल्क नलिन निर्देशन दिएको बुझिएको छ । कलेजहरुले स्वागत, विदाई, भ्रमण […]

खोपको प्रबन्ध गर्न सरकारलाई समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले कोभिड–१९ को सम्भावित तेस्रो लहरलाई ध्यान दिँदै स्वास्थ्य क्षेत्रको भौतिक संरचनाको व्यवस्थापन र खोपको प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ ।समितिको बिहीबार बसेको बैठकले कोभिड–१९ को पहिलो र दोस्रो लहरबाट पाठ सिक्दै र सुधार गर्नुपर्ने पक्षलाई ध्यान दिँदै सम्भावित तेस्रो लहरबाट बच्न पूर्वतयारी गर्न सरकारलाई निर्देशन दिएको हो । […]