नेपालमै पुनर्बिमा गर्नुपर्ने समितिको निर्देशन विवादमा

बिमा कम्पनीहरुले देशभित्रै पुनर्बिमा गर्नुपर्ने बिमा समितिको निर्णय विवादमा परेको छ । समितिको निर्देशन बिमाको सिद्धान्तविपरीत भएको भन्दै बिमकहरुले विरोध गरेपछि समिति अप्ठेरोमा परेको हो ।समितिले गत बिहीबार कम्पनीहरुलाई आन्तरिक रुपमा पत्र पठाएर सम्पूर्ण पुनर्बिमा नेपालमै गर्न निर्देशन दिएको थियो । तर देशभित्र पुनर्बिमा गर्दा जोखिम एकै ठाउँमा केन्द्रित हुने र प्राकृतिक प्रकोपलगायतका कारण एकैपटक […]