वैदेशिक रोजगारी : तत्काल क्षतिपूर्ति दिलाउन संसदीय समितिको निर्देशन

काठमाडौं :  वैदेशिक रोजगारीको नाममा ठगिएका युवालाई तत्काल क्षतिपूर्ति दिलाउन संसदीय समितिको निर्देशन दिएको छ। प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको हो। स्ट्रलिङ ओभरसिज प्रालिले १३ जना युवासँग प्रतिव्यक्ति ५ लाख १० हजार रकम बढी लिएर वैदेशिक रोजगारीमा नपठाएको भन्ने उजुरीमाथि छलफल गर्दै समितिले विभागलाई सो निर्देशन दिएको हो। समितिले व