चौतर्फीरूपमा प्रश्न उठेपछि न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधि सभा विघटनविरुद्ध बहस हुने संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् ।
केपी शर्मा ओली अघिल्लोपटक प्रधानन्यायाधीश छँदा महान्यायधिवक्ता रहेका कार्की प्रधानमन्त्री ओली नै विपक्षी रहेको रिटमाथिको सुनुवाइमा बस्न नमिल्ने भन्दै चौतर्फी विरोध भएपछि कार्कीले यस्तो घोषणा गरेका हुन् ।
आजको सुनुवाइमा पनि वरिष्ठ अधिवक्ता शम्भु थापालगायतले संवैधानिक इजलासमा न्यायाधीश कार्कीको सहभागिताबारे प्रश्न उठाएका थिए ।
वरिष्ठ अधिवक्ता थापाले प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सुनुवा...