महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधि सभा विघटन सम्बन्धमा संवैधानिक इजलास गठनमा विपक्षीले प्रश्न उठाउन नमिल्ने बताएका छन् ।
यसरी प्रश्न उठाउने हो भने त सर्वोच्चमा रहेका न्यायाधीशमध्ये अधिकांशले सरकारको विपक्षमा आदेश गरेकाले प्रधानमन्त्रीलाई विपक्षी बनाएको मुद्दा कसैले पनि हेर्न नमिल्ने बताएका हुन् ।
आइतवार संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ बस्न हुने कि नहुने भन्ने विषयमा भएको बहसको जवाफका क्रममा महान्यायाधिवक्ता बडालले विपक्षीले अनावश्यक माग राखेको बताए ।
‘विपक्षीले उठाएको प्रश्नमा जाने हो भन...