प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएको भन्दै परेका रिटहरूमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा यसअघि नै गठन भएको ५ न्यायाधीश सम्मिलित संवैधानिक इजलासलाई सर्वोच्चले निरन्तरता दिएको छ ।
रिटहरूलाई हेर्दाहेर्दैको स्थितिमा नराखेकाले प्रधानन्यायाधीशले चाहेको भए अन्य न्यायाधीशलाई राखेर संवैधानिक इजलास गठन गर्ने सक्ने अवस्था थियो ।
इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।
प्रधानन्यायाधीशले संवैधानिक इजलास गठ...