प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ ।
यसअघिको सुनुवाइ प्रतिनिधि सभा विघटनको मुद्दा संवैधानिक इजलासले हेर्ने कि बृहत पूर्ण इजलासमा पठाउने भन्नेमा केन्द्रित थियो ।
सर्वोच्चले संवैधानिक इजलासमै सुनुवाइलाई निरन्तरता दिने आदेश शुक्रवार दिएको छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेका १२ वटा रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ ।
इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू विश्वम्भरप्रसाद ...