काठमाडौं,१९ साउन । सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । पार्टीको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले संघ र प्रदेश दुबै तिर सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय भएको पार्टी प्रवक्ता डा.शरद सिंह यादवले जानकारी दिए। बैठकले पार्टी संगठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन–८४’ अभियान अगाडि बढाउने […]
काठमाडौं, ४ जेठ । जनमत पार्टीका नेता एवं पूर्वमन्त्री अब्दुल खानले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीको समर्थन यथावत् रहेको बताएका छन् । ‘प्रधानमन्त्रीसँग हिजो र अस्ति हाम्रो पार्टी अध्यक्षको बैठक भयो । अध्यक्षजीले सरकारको साझा कार्यक्रम र नीतिबारे सुझाव दिनुभएको छ । सरकारलाई पार्टीको समर्थन कायमै छ । सरकारमै रहँदा देश र जनताका […]
सरकारमा सहभागी भएर बाहिरिए पनि समर्थन कायमै राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्ता गठबन्धन दलिए पनि वर्तमान सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थ फिर्ता लिंदै सरकारबाट बाहिरिए पनि संसदको चौथो ठूलो दल रास्वपाले भने तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । सोमबार पार्टी …
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायमै राख्नेभएको छ ।
सोमवार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयाे । उहाँले बैठकले राष्ट्रपति चुनावका लागि नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलले सहयोग मागे पनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्नेबारेमा कुनै निर्णय लिइ नसकेको स्पष्ट पार्नुभ...
एमसिसी अनुमोदनप्रति असन्तुष्टि जनाउँदै पाँचदलीय गठबन्धनबाट बाहिरिएको राष्ट्रिय जनमोर्चाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय लिएको छ । देशको राजनीति गलत दिशातर्फ जाने र प्रतिगमन थप सुदृढ हुने...
महन्थ ठाकुरको नेतृत्वमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको समर्थन कायमै राख्ने भएको छ ।
देउवा नेतृत्वको सरकारमा सहभागी हुने बारेमा समेत सो दलले सकारात्मक संकेत देखाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार दिउँसो भएको भेटमा अध्यक्ष ठाकुरले सरकारलाई दिएको समर्थन कायमै राख्ने बताएका थिए ।
‘राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइदिनु भएकोमा धन्यवाद, सरकारलाई दिएको समर्थन कायमै राख्छौँ,’ ठाकुरकोे भर्ना उद्धृत गर्दै स्रोतले भन्यो । सोमवार अपरान्ह भए...
२७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले संसदको रक्षा र रखबारी गर्न वर्तमान सरकारलाई दिएको समर्थन कायमै राखेको प्रष्टीकरण दिएका छन् । ‘संसदको रक्षा यसको रखबारी गर्नको लागि हाम्रो दलले सरकारलाई दिएको समर्थन कायम गरिराखेको छ’, सोमबार प्रतिनिधिसभामा बोल्दै बस्नेतले भने, ‘सबै खालका असंवैधानिक र अलोकतान्त्रिक गतिविधिहरुको हामी साक्षी बसिराखेका छौं र […]
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन कायमै रहेको बताएको छ ।
बुधबार एमाले प्रदेश संसदीय दलले मुख्मन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाए लगत्तै मन्त्रीसमेत रहेका नेपाल पक्षीय नेता प्रकाश ज्वालाले सो निर्णयको अवज्ञा गर्ने बताएका छन् । नेपाल समूहको भेलामा सहभागी हुन काठमाडौं आएका कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेपाल समूहका नेता ज्वालाले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन कायमै रहेको बताएका हुन् ।
बुधबार एमालेको ओली पक्षका सांसद एवं एमाले प्रदेश सभा संसदीय दलका नेता यामलाल कँडेलसहितका नेताहरूको बैठकले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने र पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तर, नेपाल समूहले भने त्यसलाई पार्टीको नभइ गुटको निर्णयको संज्ञा दिएको छ।
प्रदेश सभामा एमालेका २० जना सांसद छन् । त्यसमध्ये राजबहादुर शाही सभामुख छन् । कुल ४० प्रदेश सभा सदस्य रहेको कर्णालीमा बहुमतका लागि २१ मत आवश्यक पर्छ । माओवादी केन्द्रका १३ जना सांसद छन् । शाहीलाई मुख्यमन्त्री निरन्तरताका लागि ८ मत आवश्यक पर्छ ।
एमालेका सभामुखबाहेक १९ सांसदमध्ये नेपाल पक्षमा ८ जना खुलेका छन् । यसअघि नेपाल समूहमा खुलेकी पद्मा खड्का ओली समूहमा लागिसकेकी छन् भने नेपाल समूहमै रहेका दल रावल र नन्दसिंह बुढा पछिल्लो समय दुवै पक्षका बैठकमा सहभागी भएका छैनन् । प्रदेश सरकारमा एमालेका तर्फबाट ज्वाला, रावल र बुढा मन्त्री छन् ।
ओली पक्षले बोलाएको संसदीय दलको बैठकले पाँच दिनभित्र मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएको छ।
नेकपा (एमाले) का केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले माओवादी नेतृत्वको कर्णाली प्रदेश सरकारप्रति आफ्नो पार्टीको समर्थन कायमै रहेको बताएका छन् ।