नेकपा मालेले उपप्रधानमन्त्री राजेन्द्र महतोले अबिलम्ब जनतासमक्ष क्षमा याचना गर्नुपर्ने बताएको छ । उपप्रधानमन्त्री महतोले नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै सो पार्टीले त्यसले जनताको भावनामा चोट पुर्याएको जनाएको छ ।उक्त पार्टीको हालै सम्पन्न चौधौं केन्द्रीय बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव सीपी मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ : ‘हालै ओली सरकारका उपप्रधानमन्त्री बनेका राजेन्द्र महतोले नेपालको संविधानको धारा ३ विपरित तथा समस्त नेपाली जनताक