जब हामी सपना देख्छौँ तब हाम्रो दिमागमा केही रहस्यमय चिज हुन्छन् । हामी निदाइरहेका हुन्छौँ तर हामीलाई लाग्छ हामी जागा छौँ तर यो स्थिति जागा हुनुभन्दा निकै फरक हुन्छ । वैज्ञानिकले यी दुई स्थितिबीच के भिन्नता छ भन्नेबारे पत्ता लगाउने कोसिस गरिरहेका छन् । यसैबीच अब अर्को एउटा सुरागसमेत भेटिएको छ ।कन्सियसनेस (चेतना) को एउटा विशेषता हुन्छ – आवाज पहिचान गर्ने क्षमता । एक नयाँ अध्ययनबाट पत्ता लागे अनुसार सुतिरहेका बेला हाम्रो यो क्षमताले काम गर्न बन्द गरिदिन्छ । यसले हामीलाई हाम्रो दिमागले सपना कस