लमजुङ : पर्यटकको रोजाइमा 'वाटरफल जीपलाइन एड्भेन्चर'

लमजुङ - लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, स्याँगे झरनामा निर्माण गरिएको ‘वाटरफल जीपलाइन एड्भेन्चर’ पर्यटकको रोजाइमा पर्न थालेको छ । पहिलेदेखि नै पर्यटकको रोजाइमा पर्दै आएको स्याँगे झरनामा जीपलाइन व्यावसायिक रुपमा सञ्चालन हुन थालेपछि थप पर्यटकको आकर्षण बढ्दै गएको हो । जीपलाइनले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गरेको ‘वाटरफल जीपलाइन एड्भेन्चर’ प्रचारप्रसार विभागका संयोजक प्रदीप गुरुङले बताउनुभयो । ‘जीपलाइनले व्यावसायिकता पाउँदै गएको छ । झरनामा दिनहुँ आन्तरिक पर्यटकको आ...

सम्बन्धित सामग्री

पर्यटकको रोजाइमा शान्ति स्तूपा

लमजुङ । लमजुङको बेसीशहर नगरपालिका ४ स्थित पुरानकोट गढीमा निर्माण भएकोक बौद्ध धर्मावलम्विहरुको पवित्र धार्मिकस्थल शान्ति स्तुपा पर्यटकको रोजाई बनेको छ । निर्माण सम्पन्न चरणमा पुगेको सो स्तुपामा आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेपछि शान्ति स्तुपा पर्यटकको रोजाई बन्न थालेको हो । स्तुपाको ९५ प्रतिशत भन्दा बढी काम सम्पन्न भएको प्राविधिक ईन्जिनियर हरिश्चन्द्र बस्नेतले जानकारी दिए […]

शाहवंशीय राजाहरूको उद्गमस्थलको रुपमा परिचित लमजुङ दरबार ओझेलमा

पर्यटकीय गन्तव्यको रूपमा सम्भावना रहेको लमजुङको गाउँ शहरस्थित ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको छ । शाहवंशीय राजाहरूको उद्गमस्थलको रूपमा परिचित गाउँशहर दरवार र सँगै रहेको कालिका मन्दिर सम्वर्द्धन र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । ऐतिहासिक लमजुङ दरबारसँगै रहेको कालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य हो । गाउँशहरमै रहेको काउलेपानी पछिल्लो समय नेपालकै उत्कृष्ट होमस्टे गाउँ घोषणा भएको छ ।मन्दिरमा आउने भक्तजन र होमस्टेमा दैनिक पर्यटकको घुइँचो लागे पनि पर्यटकको रोजाइमा दरबार नपर्दा प्रवर्द्धनक

पर्यटकको रोजाइमा घलेगाउँ

– जनक श्रेष्ठ लमजुङ, १७ मङ्सिर: समुन्द्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण दक्षिण एशियाकै नमूना घलेगाउँ यतिबेला पर्यटकको रोजाइमा पर्न थालेको छ । क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आन्तरिक पर्यटकले यहाँ सञ्चालन गरेका घरबास (होमस्टे) भरिभराउ हुन थालेका छन् । गत वर्ष यस समयमा कोरोना सङ्क्रमणको जोखिमका कारण सुनसान रहेको घलेगाउँ यस […]

लयमा फर्किंदै तनहुँको पर्यटन

दमौली । कोरोनाका कारण सुस्ताएको तनहुँको पर्यटन पुनः पुरानै स्थितिमा आउन थालेको छ । लामो समयसम्म कोरोना संक्रमणका कारण सुस्ताएको जिल्लाको पर्यटनले विस्तारै गति लिन थालेको हो । कोरोना संक्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्न थालकाले जिल्लाका पर्यटकीय स्थानमा पर्यटकको चहलपहल बढ्न थालेको छ । यसबाट व्यवसायी पनि आशावादी हुुन थालेका छन् । अहिलेको याममा बिहानको सूर्याेदयसँगै कुहिराले ढाकिएको दृश्य हेर्न आन्तरिक पर्यटक व्यास नगरपालिका–५ मानुङकोट उक्लिन थालेका देखिन्छन् । पछिल्लो केही दिनयता दैनिक सयौंको संख्यामा पर्यटक मानुङकोट पुग्ने गरेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । गतवर्षदेखि मानुङकोटमा आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको हो । गतवर्षको कात्तिकमा एकै दिन १० हजारभन्दा बढी पर्यटक यहाँ आइपुगेका थिए । मानुङकोटमा आन्तरिक पर्यटकको चाप बढ्न थालेपछि गत वर्षदेखि स्थानीयवासीले प्रत्येक घरमा होटल खोलिसकेका छन् । यहाँबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमाल अवलोकन गर्न सकिन्छ । साथै दमौली बजारलगायत आसपासका क्षेत्र पनि छर्लंग देखिन्छ । मानुङकोट जाने बाटो कालोपत्रसमेत हुन थालेकोे छ । केही ठाउँमा कालोपत्र भइसकेको छ भने केही ठाउँमा गर्न बाँकी छ । जिल्लाको अर्काे पर्यटकीय नगरी बन्दीपुरमा पनि यतिबेला पर्यटकको चहलपहल बढेको छ । दसैं बिदापछि आन्तरिक पर्यटकको चहलपहल बढेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । कोरोनाका कारण २ वर्षदेखि पर्यटक ठप्प भएको बन्दीपुरमा अहिले आन्तरिक पर्यटक वृद्धि भएको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिए । सुस्ताएको यहाँका होटल व्यवसायीमा अहिले आशा पलाएको उनले बताए । ‘२ वर्ष यहाँको व्यवसाय ठप्प रह्यो, अहिले पर्यटकको चहलपहलले आशा जगाएको छ,’ सचिव पौडेलले भने, ‘यो क्रम निरन्तर रहे व्यवसायीलाई राहत हुन्छ ।’ होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले स्वदेशी पाहुनाको आगमन बढेसँगै व्यवसायीमा आशा जगाएको बताए । अधिकांशले कोरोनाविरुद्धको खोप लगाएका कारण पनि घुम्न निस्किएका हुन सक्ने उनको भनाइ थियो । बन्दीपुरका होटल व्यवसायीले छूट प्याकेजसमेत ल्याउने तयारी गरेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार पर्यटकलाई आकर्षित गर्न छूट प्याकेज ल्याउने तयारी छ । यहाँ होटल संघसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालित छ ।   यसैगरी म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रूखमाथि निर्माण गरिएको घरमा पनि पर्यटकको चहलपहल बढेको छ । यहाँ दैनिक १०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेको सामुदायिक वनका अध्यक्ष ईश्वर रानाभाटले जानकारी दिए । भिमाद नगरपालिका–९ मोहोरियास्थित अग्लो ढुंगामा पनि आन्तरिक पर्यटकको चहलपहल बढिरहेको छ । अग्लो ढुंगा सिँगारेर उद्यान बनाइएपछि यस ठाउँ आन्तरिक पर्यटकको रोजाइमा परेको स्थानीयवासी शिवकुमार आलेले बताए । रासस

बादलभित्र मुस्कुराएको हिमाल ! (फोटो फिचर)

लमजुङ - हिमालका साथै देशको महिमा समेटिएको शब्दमा रामकृष्ण ढकालले गाएको गीत ‘बिहान उठ्ने बितिकै हिमाल देख्न पाइयोस्......’ या राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेले कोर्नुभएको ‘लाग्दछ मलाई रमाइलो मेरै पाखापखेरो, हिमालचुली मुन्तिर पानी भर्ने पँधेरो...’ यी र यी जस्ता थुप्रै गीत, साहित्यमा हिमालको चर्चा गरिएको पाइन्छ ।  नेपालको राष्ट्रियता, गौरव र शानसँग जोडिएका विषय पनि हुन्, हाम्रा हिम श्रृङ्खलाहरु । नेपालमा रहेका थुप्रै हिम श्रृङ्खलाहरु पर्यटकको रोजाइमा पर्छन् । हिमालको सौन्दर्य आँखै अगाडि नअ...

लालीगुराँसले ‘राताम्मे’ लमजुङका डाँडापाखा, पर्यटकको ध्यान खिच्दै

लमजुङ – लमजुङको डाँडापाखामा यतिबेला विभिन्न थरीका लालीगुराँस फुलेका छन् । लालीगुराँसमा सजिएका छन्, लमजुङका डाँडापाखा । लालीगुराँस हेर्नकै लागि लालीगुराँस फुलेका डाँडापाखामा धाउनेको सङ्ख्या बढ्दै गएको छ । लालीगुराँसले आन्तरिक पर्यटकको ध्यान खिचेको छ । होमस्टे सञ्चालन भएका गाउँमा त लालीगुराँस हेर्नकै लागि अहिले दैनिक पर्यटक पुग्ने गरेका छन् । होमस्टेमै बस्ने गरेका छन् ।  लमजुङको पर्यटकीय गाउँ राइनासकोट क्षेत्रमा पनि लालीगुराँस फुलेका छन् । लालीगुराँस पर्यटकको रोजाइमा पर्ने गरेको छ । ‘वन प...

लमजुङको स्याँगे झरनामा ‘वाटरफल जिपलाइन’ निर्माण

लमजुङ–बेसीशहर–चामे सडकखण्डको नजिकै पर्छ, लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ मा रहेको स्याँगे झरना । बाह्रै महिना चिसो पानीसहितकाे झरना पर्यटकको रोजाइमा पर्दै आएको छ । स्याँगे झरनाको शितलताका साथै वरपरको मनमोहक प्राकृतिक सौन्दर्यमा टहलिन पाउँदा पर्यटकहरु आनन्दित हुन्छन् । बेसीशहर हुँदै मनाङसम्म पुग्ने पर्यटक...