लमजुङ - हिमालका साथै देशको महिमा समेटिएको शब्दमा रामकृष्ण ढकालले गाएको गीत ‘बिहान उठ्ने बितिकै हिमाल देख्न पाइयोस्......’ या राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेले कोर्नुभएको ‘लाग्दछ मलाई रमाइलो मेरै पाखापखेरो, हिमालचुली मुन्तिर पानी भर्ने पँधेरो...’ यी र यी जस्ता थुप्रै गीत, साहित्यमा हिमालको चर्चा गरिएको पाइन्छ ।
नेपालको राष्ट्रियता, गौरव र शानसँग जोडिएका विषय पनि हुन्, हाम्रा हिम श्रृङ्खलाहरु । नेपालमा रहेका थुप्रै हिम श्रृङ्खलाहरु पर्यटकको रोजाइमा पर्छन् । हिमालको सौन्दर्य आँखै अगाडि नअ...