पर्यटकीय गन्तव्यको रूपमा सम्भावना रहेको लमजुङको गाउँ शहरस्थित ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको छ । शाहवंशीय राजाहरूको उद्गमस्थलको रूपमा परिचित गाउँशहर दरवार र सँगै रहेको कालिका मन्दिर सम्वर्द्धन र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । ऐतिहासिक लमजुङ दरबारसँगै रहेको कालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य हो । गाउँशहरमै रहेको काउलेपानी पछिल्लो समय नेपालकै उत्कृष्ट होमस्टे गाउँ घोषणा भएको छ ।मन्दिरमा आउने भक्तजन र होमस्टेमा दैनिक पर्यटकको घुइँचो लागे पनि पर्यटकको रोजाइमा दरबार नपर्दा प्रवर्द्धनक