काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले तीन दिनभित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताउनुभएको छ । आज आइतवार बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूको प्रश्नको जवाफ दिँदै उहाँले ब्रुमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिनुभएको हो । चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन । त्यो समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । नगर प्रहरी परिचालनका लागि वडाध्यक्षहरूले सिधै नगर प्रहरी बलका प्रमुखसँग जनशक्ति माग गर्न सक्ने मेयर साहले...