काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिनुभएको छ ।
डेपुटी मेयर सुनिता डंगोलसहित आज शुक्रवार बिहान काठमाण्डाैकाे फोहर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्र ममा स्थानीयवासीको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताउनुभएको हो । त्यसका लागि आफूले विज्ञहरूसँग आवश्यक छलफल गरेको पनि उहाँले बताउनुभयो । मेयर साहले तीन महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरु ...