राष्ट्रिय वाणिज्य बैंकको लकर सुविधामा ५० प्रतिशत छुट

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुको लागि मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको छ। बैंकले वार्षिकोत्सवको अवसरमा माघ १ गतेदखि चैत मसान्तसम्म लागू हुने गरी मोबाइल बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। […]

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंकको ५.५० प्रतिशत नगद लाभांश पारित

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा आइतवार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले ५ दशमलव ५० प्रतिशत नगद लाभांशसहितको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ । सभामा बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाले बैंकले आफ्ना सेवा सुविधामा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाको प्रवाह गर्दै आएको बताए । सभामा बैंकका शेयरधनीहरू क्रमश: नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधिको उपस्थिति थियो । अध्यक्ष ढुंगानाले प्रस्तुत गरेको प्रतिवेदनमाथि शेयरधनीले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाव सहितको धारणा राखेका थिए । उक्त टिप्पणी एवं जिज्ञासाबारे अध्यक्ष ढुंगानाले जवाफ दिएका थिए ।

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो डिपोजिट डबल हुने योजना

राष्ट्रिय बैंक लिमिटेडले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ७ महिना २३ दिनमा दुई गुणा हुने बैंकले जनाएको छ ।बैंकका अनुसार सो अवधीको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ । यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् । यो मुद्दती खाता खोल्ने ग्राहकहरुले लकर सेवामा शत प्रतिशत, क्रेडिट कार्ड सुबिधामा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी डेबिट कार्ड, मोबाइल बैंकिङ्ग सेवामा शुरुको वर्ष निशुल्क र बाँकी अवधीको शुल्कमा ५० प्रतिशत छुट लगायत अन्य आकर्षक सुबिधाहरु पनि प्रदान गरिनेछ । देशभरका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत यो मुद्दती खाता खोल्न सकिने छ ।बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको फुल डबल मुद्दती योजना सार्वजनिक

राष्ट्रिय बैंक लिमिटेडले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ७ महिना २३ दिनमा दुई गुणा हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  । सो अवधिको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ । यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् । यो मुद्दती खाता खोल्ने ग्राहकहरुले लकर सेवामा शत प्रतिशत, क्रेडिट कार्ड सुबिधामा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी डेबिट कार्ड, मो

वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले ल्यायो विभिन्न छुट अफर

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औँ वार्षिकोत्सवको अवसरमा आफ्ना सम्पूर्ण ग्राहकहरुको लागि मोवाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा २०७८ माघ १  गते दखि चैतमसान्तसम्म लागू हुने गरी मोवाइल बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।  साथै, डिम्याट रजिष्ट्रेशन शुल्कमा १०० प्रतिशत छुट गर्ने निर्णय बैंकले गरेको छ । आगामी माघ १० गतेबाट राष्ट्रिय वाणिज्य बैंक ५६ वर्ष पूरा गरी  ५७औँ वर्षमा प्रवेश गर्दै छ । बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई सहुलियत प्रदान

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशनमा छुट प्रदान गर्ने भएको छ । मोवाइल बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।  साथै, डिम्याट रजिष्ट्रेशन शुल्कमा १०० प्रतिशत छुट गर्ने निर्णय बैंकले गरेको छ । यो योजना माघ १ गतेदेखि चैत मसान्तसम्म लागू हुनेछ । आगामी माघ १० गतेबाट राष्ट्रिय वाणिज्य बैंक ५६ वर्ष पूरा गरी  ५७औँ वर्षमा प्रवेश गर्दै छ ।

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा सुचिकृत

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा सुचिकृत भएको छ  । ऋणपत्र सूचिकरण सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर गरेका छन्  । बैंकको 8.5% RBBL Debenture, 2083 नामक ऋणपत्र नेप्सेमा सुचिकृत भएको हो । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८. ५० प्रतिशत ब्याजदरको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गत जेठ २८ गते देखि असार ८ गतेसम्म बिक्री गरेको थियो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेण्ट

काठमाडौं, १० असार । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैैंकिङ लिमिटेड नियुक्त भएको छ । बैंकले ६ वर्षे अवधिको ८ दशमलव ५० प्रतिशत ब्याजदर भएकोे ऋणपत्र निष्कासन तथा व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रारमा आरविविलाई नियुक्त गरेको हो । बैंकको अनुसार अबदेखि ‘८.५ प्रतिशत आरविविएल डिवेञ्चर २०८३’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, […]

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैैंकिङ नियुक्त

असार १०, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।   कम्पनीले निष्कासन गरेको ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको ६ वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रार नियुक्त गरेको हो ।    कम्पनीले रू. २५ लाख कित्ता ऋणपत्र गत जेठ २५ गतेदेखि २८ गतेसम्म विक्री खुला गरेर असार २ गते बाँडफाँट गरेको हो ।  डिबेञ्चर रजिष्ट्रारमा नियुक्त भएसँगै ‘८.५ प्रतिशत आरविविएल डिवेञ्चर २०८३’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब आरविवि मर्चेण्ट बैैंकिङ लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ ।

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

जेठ २८, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ८ दशमलव ५ प्रतिशतको आरबीबीएल डिवेन्चर २०८३ नामक ऋणपत्रमा आवेदन दिने आज (शुक्रवार) अन्तिम दिन रहेको छ ।  बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र विक्री गरेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । प्रतिकित्ता रू. १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई विक्री गरिने र सोका लागि ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड र निष्कासनकर्ता कम्पनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आपसी सहमतिमा विक्री वितरण गरिएको हो । साथै, सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात् १० लाख कित्ता भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट ऋणपत्र विक्री गरिनेछ ।  उक्त ऋणपत्रको विक्री बन्द हुने ढिलो अवधि असार ८ गतेसम्म रहेपनि माागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिमै विक्री बन्द हुन लागेको कम्पनीले जानकारी गराएको हो । उक्त ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।  ऋणपत्र खरीदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र भोलिबाट विक्री खुला हुँदै

जेठ २४, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ८ दशमलव ५ प्रतिशतको आरबीबीएल डिवेन्चर २०८३ नामक ऋणपत्र मंगलवारबाट खुला गर्ने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । प्रतिकित्ता रू. १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई विक्री गरिने र सोका लागि ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड र निष्काशनकर्ता कम्पनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आपसी सहमतिमा विक्री वितरण गरिने छ । साथै, सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात् १० लाख कित्ता भने सर्वसाधारण कालागि सार्वजनिक निष्काशनबाट ऋणपत्र विक्री गरिनेछ ।  छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म विक्रीमा रहने उक्त ऋणपत्र खरीदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।  ऋणपत्र खरीदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।