कृषि विकास बैंकको सेवाशुल्कमा ५० प्रतिशत छुट

काठमाडौं (अस) । कृषि विकास बैंकले ५५ औं वार्षिकोत्सव अवसरमा सेवाग्राहीलाई डिजिटल प्रोडक्ट तथा अन्य सेवामा छुट दिएको छ । बैंकले माघ ७ देखि फागुन ७ गतेसम्म बैंकमा खाता भएका तर हालसम्म मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, डिम्याट, सी–आस्बा, मेरो शेयर र लकर सेवा नलिएका र ०७८ माघ ७ देखि फागुन ७ गतेसम्म नयाँ खाता खोली उल्लिखित सेवा लिने ग्राहकलाई सेवाशुल्कमा ५० प्रतिशत छुट दिनेछ । यस्तै, चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकलाई लकर सेवामा ७५ प्रतिशतसम्म छुट दिइने बैंकले बताएको छ ।

सम्बन्धित सामग्री

राखेप र कृषि विकास बैंकबीच सम्झौता

राष्ट्रिय खेलकूद परिषद् (राखेप) र कृषि विकास बैंकबीच १० वर्षे सम्झौता भएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले आज उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।  सम्झौताअनुसार कर्मचारी कर्जा तथा सापटसम्बन्धी पाँच वर्ष स्थायी सेवा अवधि पूरा गरेका कर्मचारीलाई बिना धितो रु १५ लाखसम्मको तलबी खाता कर्जा उपलब्ध गराइने छ । राखेपले सञ्चालन गर्ने तालीम र सेमिनारमा बैंकका तालीम केन्द्रलगायत पूर्वाधार प्रयोग गर्दा बैंकले ५० प्रतिशत छुट दिनेछ । यस्तै सम्झौतामा खेलक...