काठमाडौं । कोरोनाविरुद्धको खोप अभियान सुस्त भइरहेका बेला सरकारसँग मौज्दात रहेको कोभिड १९ विरुद्धको १९ लाख डोज बढी खोपको म्याद नोभेम्बरको अन्तिममा गुज्रिने भएको छ ।
अहिले देशभरका कोल्डचेनमा रहेको ६३ लाख १७ हजार २०६ डोजमध्ये १९ लाख २३ हजार ९८६ डोज फाइजर खोपको आगामी नोभेम्बरमा म्याद गुज्रिने भएको हो ।...