माेडर्ना खाेप पनि नेपाल आइपुग्याे !

काठमाण्डाै – कोभ्याक्स सुविधा अन्तर्गत एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल आइपुगेकाे छ । आज शुक्रवार दिउँसाे ती खाेप काठमाण्डाै आइपुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मोडर्ना खोप १२ वर्षमाथिका उमेर समूहलाई लगाउने अनुमति दिएको छ । मोर्डना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । अहिलेसम्म नेपालमा कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनेका, जोनसन एन्ड जाेनसन र फाइजर खोप लगाइएको छ । 

सम्बन्धित सामग्री

२३ लाख ४० हजार मात्रा माेडर्ना खाेप नेपाल आइपुग्याे

काठमाण्डाै – (काेभिड १९) कोरोना भाइरसविरुद्धको २३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुगेको छ ।  कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा खोप नेपाल आइपुगेकाे स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो । सरकारले कोभ्याक्समार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना खोप ल्याउने भनेकोमा १६ लाख ६० हजार मात्रा खोप यसअघि नै आइसकेको छ । आज ल्याइएको २३ लाख ४० हजार मात्रा  खोप पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने चौरासिय...

जोन्सनको १४ लाख ५७ हजार डोज आज नेपाल आउँदै

२१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये दोस्रो खेप आज आउन लागेकाे हाे। बिहीबार (हिजाे) पहिलाे खेपमा ७ लाख १९ हजार ६५० डोज खाेप नेपाल आइसकेकाे छ।

१५ लाख मोडर्ना खोप आइपुग्यो, १९ लाख ६६ हजार डोज आइतबार आउने

कोभिड-१९ विरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप आज नेपाल आइपुगेकाे छ। कतार एयरकाे जहाजमार्फत  दिउँसाे ३ बजे उक्त खाेप नेपाल आइपुगेकाे हाे।

माल्दिभ्सबाट आइपुग्यो २ लाख एक हजार डोज एस्ट्राजेनेका खोप

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कतार एयरको नियमित उडान मार्फत बेलुका ८ ः ३० बजे खाेप नेपाल आइपुगेकाे हाे।

फाइजर खोप कात्तिक २८ गतेदेखि लगाउन सुरु गरिने

काठमाडौं । अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गतकाे फाइजर खाेप नेपालमा आइपुगेकाे छ । नेपाल आइपुगेको एक लाख भन्दा बढी डोज फाइजर खोप कात्तिक २८ गतेदेखि गते लगाउन सुरु गरिने भएको छ । नेपालमा पहिलाे पटक आएकाे खाेप १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाइने भएको हो । देशभरका २४ विशेषज्ञ सेवा उपलब्ध भएका ठूला अस्पतालबाट […]

जापानबाट आइपुग्यो ​थप दुई लाख अस्ट्राजेनेका खाेप

काठमाडौँ, ५ भदौ। जापानले नेपाल सरकारलाई काेभ्याक्स सुविधामार्फत् उपलब्ध गराएकाे अस्ट्राजेनेका खाेप नेपाल आइपुगेको छ । आज (शनिबार) बिहान १६ लाख डाेज खाेपमध्ये २ लाख ८ हजार ७०० डाेज नेपाल आइपुगेको हाे । १६ लाख डाेजमध्ये ९ लाख डाेज खाेप पहिल्यै आइसकेकाे छ । बाँकी खाेप साेमबार आउने जनाइएको छ ।-File photo ‘जापानबाट कोरोनाविरुद्धको खोप […]

आज भुटानबाट ३ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आउँदै

उक्त खाेप ३ लाख डोज एस्ट्राजेनेका प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने  छ। कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १३ लाख ज्येष्ठ नागरिकले ४ महिनादेखि दोस्रो डोज लगाउन पाएका छैनन्।

नेपाललाई काेराेनाविरुद्धकाे थप खाेप सहयोग गर्ने जापानकाे वाचा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच आज बिहीवार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा जापानका राजदूत युताकाले जापानले नेपाललाई अनुदानमा दिने काराेनाविरुद्धकाे खाेप छिटै नेपाल आइपुग्ने जानकारी दिनुभएको छ । जापानले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेकाकाे खोप दिने घोषणा गरेको छ । राजदूत युताकाले नेपाललाई थप खाेप दिने वाचा पनि गर्नुभएकाे छ ।  भेटवार्तामा प्रधानमन्त्री देउवाले जापानले गरेको सहयोगप्रति...

राष्ट्रिय फुटबल टाेलीका खेलाडी र अफिसियल लगायत ४२ जनालाई काेराेना खाेप दिइयाे

काठमाण्डाै – कुवेतबाट फर्किएको राष्ट्रिय पुरुष फुटबल टाेलीका खेलाडी र अफिसियल लगायत ४२ जनालाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ । बिहीवार (आज) ललितपुरको जनस्वास्थ्य कार्यालयमा खेलाडी अफिसियल लगायत ४२ जनालाई खाेप दिइएकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । कुवेतबाट फर्किए पछि खेलाडीलाई होटल क्वरेण्टीनमा राखिएको थियो । हिजो गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आज खेलाडीलाई खोप दिइएको एन्फाले जनाएको छ । एन्फाका अनुसार खोप लगाएपछि खेलाडीहरू घर गएका छन् । सन् २०२२ को फिफा ...

१५ दिनमा खाेप खरिदकाे विषय टुङ्गाे लाग्छ - मन्त्री ज्ञवाली

काठमाण्डाै – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अबको १५ दिनमा काेभिड–१९ खोप खरिदको विषय टुङ्गो लाग्ने बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले विभिन्न देशमा खोप खरिदका लागि पहल गरिरहेको र सकारात्मक जवाफ आएको बताउनुभएको हो । यस्तै मन्त्री ज्ञवालीले चीनले अनुदान स्वरूप दिने भनेको १० लाख डोज कोभिड खोपमध्ये दुई लाख डोज खाेप आउँदाे आइतवार नेपाल आउने पनि बताउनुभयो । बाँकी आठ लाख डोज खाेप आउँदो मङ्गलवारसम्ममा आउने उहाँले बताउनुभयो ।  गएकाे बुधवार (अस्ति) राष्ट्रपत...