काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच आज बिहीवार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा जापानका राजदूत युताकाले जापानले नेपाललाई अनुदानमा दिने काराेनाविरुद्धकाे खाेप छिटै नेपाल आइपुग्ने जानकारी दिनुभएको छ । जापानले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेकाकाे खोप दिने घोषणा गरेको छ । राजदूत युताकाले नेपाललाई थप खाेप दिने वाचा पनि गर्नुभएकाे छ ।
भेटवार्तामा प्रधानमन्त्री देउवाले जापानले गरेको सहयोगप्रति...