बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले फागु पर्व तथा होलीको समयमा जबरजस्ती रंग नलगाउन आग्रह गरेको छ। सभ्य तरिकाले होली खेल्न आग्रह गरिएको र जबरजस्ती रंग दल्ने काम गरेको पाइएमा कारबाही हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। होलीमा रंगको नाममा जथाभावी रासायनिक पेन्ट प्रयोग नगर्न, जबरजस्ती रंग दल्ने, लोला हान्ने जस्ता काम हुने भएकाले त्यस्तो नगर्न आग्रह गरिएको छ। यस्तै मदिरा सेवन गरी जथाभावी होहल्ला नगर्न, बाटोमा होलीको नाममा पैसा असुल्ने कार्य ब